Smoking Causes Cancer

Awareness Campaign

ज्ञानज्योति आधारभुत विद्यालयले आज पत्रकार सम्मेलन तथा वृहत भेला आयोजना गर्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विष्णुप्रसाद आचार्य, ‘चकित’, गुल्मी: ज्ञानज्योति आधारभुत विद्यालय मुसिकोट ९ अर्लाङ्गकोट पाणथोकले आज दिउँसो विद्यालयमा पत्रकार सम्मेलन तथा वृतत भेला गर्ने भएको छ।

व्यवस्थापन र प्रचारप्रसारमा निरन्तर लागि परेको विद्यालयले अहिलेसम्म भएको प्रगति, समिक्षा, योजना र सहयोगको अपेक्षासहित थप प्रचारप्रसारसङ्गै आम समुदायलाइ उपस्थितिको लागि आव्हान गर्न भन्दै सम्मेलन तथा भेला गर्न लागिएको सचिवालय सदस्य रामकृष्ण कण्डेलले जानकारी दिनुभयो।

आउदो फागुन ९ गतेदेखि १६ गतेसम्म सन्चालन हुन गैरहेको महोत्सवको पुर्व तयारी स्वरुप आन्तरिक व्यवस्थापकीय तयारीसङ्गै प्रचारप्रसार र भेटघाट तिब्र पारिएको विद्यालयका प्रधानाध्यापक यज्ञामुर्ति सापकोटाले बताउनुभयो।

सिंचाई
Forest
Ad.

प्रचारप्रसारकै क्रममा अहिलेसम्म गुल्मीका विभिन्न स्थानिय तह, जिल्ला सदरमुकामस्थित उच्च अहोदाका व्याक्तित्वहरुसङ्ग पनि महोत्सवको लागि सहयोगको अपेक्षा गर्दै उपस्थितिको लागि आग्रह गरिएको छ। त्यस्तै बाग्लुङ्ग जिल्लाका स्थानिय तह प्रमुख उपप्रमुख, विभिन्न विद्यालय , सङ्घसस्थाहरुसङ्ग पनि भेटघाट गरिएको बताइएको छ।

गुल्मी र बाग्लुङ्गसङ्गै बुटवल, चितवन काठमाण्डौ लगायत विदेशका धेरै ठाउँहरुमा पनि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचार तथा रकम सन्कलन गरिएको बुझिएको छ। विद्यालयमा हालसम्म एक करोड रकम संकलन भैसकेको र रकम संकलन हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ।

स्थानिय स्तरमा ग्राणिण भेगमा सन्चालन भैरहेको यस विद्यालयले गर्न लागेको यो कार्यक्रम आफैमा चुनौतिपुर्ण रहेको र ऐतिहासिक रुपमा महोत्सव सफल हुने प्रधानाध्यापक सापकोटाले बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया