Smoking Causes Cancer

चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

महेश बोहरा, गुल्मी: गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ८ मा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा गाउँपालिका स्तरीय प्रतियोगिता सुरु भएको हो। शुक्रबार भएको प्रतियोगितामा छात्रछात्रा हाइजम्प, लङजम्प, दौड लगायतका विभिन्न खेलहरु सकिएका छन।

गाउँपालिका भित्रका १२ वटा विद्यालय सहभागी रहको कार्यक्रममा विभिन्न ३८ वटा प्रतियोगिता सञ्चालन हुदै छन। माघ २८ गते शनिबार सम्म चल्ने खेलमा शुक्रबार कार्यक्रमको उद्घाटन गरिएको छ। चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीको अध्यक्षता रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलको प्रमुख आथित्यता रहेको थियो भने गुल्मीदरवार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगांको विशिष्ट आथित्यता रहेको थियो।

यस्तै कार्यक्रममा चन्द्रकोट गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी, वडा नम्बर ८ का वडाध्यक्ष फणिन्द्र अर्याल, गाउँपालिका पूर्व उपाध्यक्ष राधिका अर्याल, जिल्ला खेलकुद बिकास समिति अध्यक्ष गिरीप्रसाद महाकिम, प्रमुख प्रशासकिय अधिकृत बिष्नुप्रसाद भुसाल लगायत राजनितिक दलका प्रखुख तथा प्रतिनिधी, विभिन्न विद्यालयका शिक्षक तथा बिद्यार्थी, अभिवावक, समाजसेवी, बुद्धिजिवी व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले खेल जिवनको स्वास्थ्यसँग सम्बन्धित रहेको उल्लेख गुर्नभयो! उहाँले आगामी दिनमा चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकासँग सँयुक्त खेल अभ्यास गर्न सकिने बताउनुभयो।

सिंचाई
Forest
Ad.

यस्तै गुल्मीदरवार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले खेल क्षेत्रले राष्ट्रलाई चिनाउने हुँदा खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो। कार्यक्रमका सभापति चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले मजुवाको विद्यालयमा मुसिकोट र गुल्मीदरवार गाउँपालिकाको समेत अपनत्व भएको सन्देश दिएको बताउनुभयो । उहाँले तीन पालिकाको निति निमार्णमा समेत यस्ता खालका कार्यक्रमले सहयोग पुग्ने अपेक्षा राखेको उल्लेख गर्नभयो। एक आपसमा समन्वय गरी यस क्षेत्रको बिकाश गर्न सकिने उहाँको भनाई थियो।

शुक्रबार भएको उद्घाटन खेलमा विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुले मार्च पास तथा कार्यक्रममा नृत्य समेत प्रस्तुत गरेका थिए। शुभकामना राख्ने अधिकांशले खेलकुद ठाउँको पहिचान सँग जोडिएकाले अनुशासति तरिकाले खेल्न आग्रह गरेका थिए। शुक्रबार सम्पन्न भएका खेलहरुमा गाउँपालिका भित्रका सहभागी १२ विद्यालय मध्ये यो समाचार तयार पार्दासम्म ज्ञानोदय माबि मजुवाले ५ स्वर्ण, १ रजत, ३ कास्य गरी ९ पदक जितेको छ।

उदय माबि शान्तिपुरले ३ स्वर्ण, २ रजत, ३ कास्य गरी ८ पदक हात पारेको छ । शारदा माबि सराङ्गले १ स्वर्ण, २ रजत र १ कास्र्य गरी ४ पदक जितेको छ। ग्वाघा माबि ग्वाघाले १ स्वर्ण र १ रजत जितेको छ। चक्रेश्वर माबिले ४ रजत जित्दा हराचौर माबिले २ कास्य र शारदा माबि रुपाकोटले १ कास्य हात पारेका छन। प्रतियोगितामा शनिबार पनि विभिन्न विधामा प्रतिस्पर्धा हुने छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया