Place for ads

Awareness

गुल्मीको अनौठो घटना: विवाह एउटा संग, सुहागरात अर्कै संग (भिडियो सहित)



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीका एक युवा र अर्घाखाँचीकी एक युवती बिच फिल्मी शैलीको भएको रोचक विवाह कहानीले त्यस जिल्ला सहित गुल्मीको प्रहरी देख्ने सुन्ने यी दुई जिल्लाका बासिन्दा चकित परेका छ्न।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४, केरुङ्गाकी २१ बर्षिया राधिका सुनार र गुल्मीको धुर्कोट गाउँपालिका-५, वस्तुका २८ बर्षिय प्रकाश विक बिच यहि माघ १२ गते भएको रोचक विवाह सम्बन्धले यहाँका बासिन्दा चकित परेका हुन।

Get Vaccinated

बिहे गर्न भनी केही दिन अघि मात्र विदेशबाट घर आएका प्रकाशलाई केटी माग्न उनका आफन्तजनहरु विभिन्न ठाउँमा केटी हेर्न पुगे। त्यही क्रममा तम्घास भुजेलखर्ककी चमेली विकले अर्घाखाँची केरुङ्गाकी उनै राधिका सुनारलाई माग्न पुगिन्। केटा केटीको मुख देखादेख गराइयो। एकले अर्कोलाई मन परापर पनि भयो।

एक आपासमा कुराकानी पनि भयो। त्यस पछि माघ १२ गते विवाह गर्ने टुङ्गो लाग्यो। सोही अनुरुप माइतीजनले हुनेवाला बेहुली राधिकालाई केरुङ्गाबाट तम्घास ल्याएर आए। उता वस्तुबाट बेहुली लिन बेहुला सहितका जन्ती आएर राती नै लगरे गए। अर्को दिन बिहानै वस्तुको कालिका मन्दिरमा सिन्दुर टीका गराइ बेहुलीलाई घर भित्राइयो।

बिहान देखि राती अबेर सम्म भव्य भोज भतेर, बाजातालमा नाचगान सुरु भयो। बेहुला बेहुली पनि एकले अर्काको हात समाउदै नाचेर माया साटासाट गरे।

लोकन्तीको एकछिन साथ नछोडेकी बेहुली सङ्ग बेहुला नजिक भएर हासबोल गर्ने मौका त्यस रात पाएनन्। दोश्रो दिन माघ १३ गते हिडे दुलाहन फर्काउन ससुराली केरुङ्गा तर्फ। त्यस रात बेहुला जेठान सङ्ग सुते। बेहुली भने विवाह एउटा सङ्ग सुहागरात अर्कै सङ्ग मनाउन हिडेको बेहुलालाई पत्तै भएन।

Awareness by SKF

अर्थात बेहुली आफ्नो प्रेमी सङ्ग राती नै भागी सकेकी थिइन। बेहुला प्रकाश भन्छ्न, ‘मैले त आफन्त सङ्ग भेटघाटमा व्यस्त होलिन भन्ने ठानेको थिएँ। अर्को दिन थाहा भयो कि अघिल्लो दिन यता प्रकाश विकको सिन्दुर पहिरिएकी राधिका अर्को प्रकाश सङ्ग टाप कसेको कुरा। अर्को प्रकाश अर्थात छत्रदेव गाउँपालिका-३, मौवापोखरीका २२ बर्षिय प्रकाश सुनार।

पहिलो दिन पहिलो विवाह, दोश्रो दिन दोश्रो विवाह
उनी सङ्ग दोश्रो विवाह गरि भागेको कुरा चाल पाए पछि अघिल्लो दिनको बेहुला बेहाल हुँदै घर फर्किन बाध्य भए। प्रकाश सुनार सङ्ग पाँच बर्ष अघि देखि प्रेम सम्बन्ध रहेको बल्ल थाह पाए पहिलो गाँस मै दातमा ढुङ्गा लागे जस्तै भएका यी राधिकाको छ्लछाममा परेका बिवाहाको दोश्रो दिनमै एकल बनेका यताका प्रकाश। सोधपुछका क्रममा आफुलाइ कसै सङ्ग प्रेम सम्बन्ध छ भनेर राधिकाले नभनेको प्रकाश बिकले बताए।

विवाहमा करिब ५ लाख सम्म खर्च भएको उनको भनाइ छ। प्रकाश बिकले धोका खाए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिए। शुक्रबार दोश्रो पटककी बेहुली र उनको दोश्रो प्रकाश हन्समुख चेहरामा त्यस प्रहरी कार्यालयमा आइ पुगेका थिए भने यताको पहिलो प्रकाश निरास चेहरामा आइ पुगेका थिए। हामीले क्यामरा तेर्छाउदै तपाई टेलिभिजनको पर्दामा देखिन चाहनु हुन्छ भनेर अनुमती माग्दा नव जोडी दुवैले मुस्कुराउदै हुन्छ भने।

राधिकाका दोश्रो प्रकाशका बाबुलाई उनिहरु बिच प्रेम सम्बन्ध छ भन्ने थाह पाएरै पहिलो प्रकाश भन्दा आफू पहिला माग्न गएको र शुक्रबार आउनुस भनेर पठाएको तर माइतिले बिवाह भने अर्कै सङ्ग गराइ दिएको बताए।

COVID-19

माया एउटा सङ्ग बिहे अर्को सङ्गको फन्दामा परेकी राधिका आफुले पहिलो प्रकाश सङ्ग बिवाहा नहुनु अघि नै दोस्रो प्रकाश सङ्ग लभ छ मेरो भन्दा भन्दै पनि जबर्जस्ति बिवाहा गराइ दिएको जिकिर गर्छिन।

जबकी राधिकाको बिवाहा हुँदैछ भन्ने कुरा प्रेमी प्रकाशलाई थाह भै सकेको थियो । किन पहिल्यै नभगाएर बिवाहा पछि भगाइयो त भन्ने प्रश्नमा राधिकाका उनै दोश्रो प्रकाश भन्छ्न बिवाहा रोक्न आफुले चाहे पनि राधिकाका दाजुको धम्किका कारण रोक्न सकिन।

जिल्ला प्रहरी कार्यालयमा छ्लफलका लागि जुटेका दुवै तर्फका मानिसहरुले बेहुली राधिकालाइ ख्याप्ख्यापी पारेका थिए। पहिलै किन नभनेर अर्कालाई धोका दिएको भन्दै केटि मागी दिने चमेली विकले झपार्दै थिइन।

छ्लफल चलिरहेको छ। वस्तुका प्रकाश ठूलो अन्यायमा परेका छ्न। बिवाह खर्चको पुरै रकम उनले मागेका छैनन्। धनमाल सहित करिब डेढ लाख रुपैयाँ मागेका छ्न। तर अर्काको भौसकेकोलाई भगाउने दोश्रो प्रकाशका बाबुको डाको ठूलो देखियो। साँझ अबेर सम्म छ्लफल गर्दा पनि उनी आफ्नो छोराको गल्ती स्वीकार नगरी उल्टै राधिकाको माइतिजनलाई धम्की दिदै गाडी चढेर लागे घरतिर।

छ्लफलमा सहभागी सबै जना भन्छ्न, ‘वस्तुका प्रकाश माथि निकै जाजझेल भएको छ। उनले न्याय पाउनु पर्छ। बाबु-आमाले जबर्जस्ती विवाह गराइ दिन लागेका थिए भने राधिकाले त्यतिका दिन सम्म के हेरेर बसेकी थिइन? बेहुला र जन्ती त बेहुलीको घरमै बोलाउनु पर्ने किन उल्टै बेहुलीलाई लिएर तम्घास आइयो? यी यावत सवाल सहित हिन्दी साजिस फिल्म जस्तो वस्तुका प्रकाश माथि भएको यो षड्यन्त्र चिर्न समाजका सबै पक्ष लाग्नु पर्छ र यस्ता घटनाबाट सबै सचेत पनि हुनु पर्छ। यस्तो खालको जालझेलमा माइतिजन पनि जिम्मेवार देखिन्छ्न। यस्तो कार्य आगामी दिनमा कोहि कसैले नगरुन।

यो भिडियो रिपोर्ट हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया