सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-२, भर्जुवा, लुग्रुङका युवाहरु खेल मैदान निर्माणका लागि एकजुट भएका छन्।
गाउँमा उपयुक्त खेल मैदान नहुँदा युवाहरुलाई खेलकुद लगायतका गतिबिधि सञ्चालन गर्न र केही ठुला कार्यक्रम गर्न समेत मैदानको आवश्यकता परेकाले युवाहरु आफै खेल मैदान निर्माणका लागि एकजुट भएका हुन्।
स्थानीय सरकारले खासै चासो नदिएपछि युवाहरु सामुहिक रुपमा सगंठित भई आर्थिक सहयोग सकंलन अभियान नै सुरु गरेका छन्। मुसिकोट नगरपालिका वडा नं २ साविकको मुसिकोट गा.वि.स वडा नं ७ मा रहेका युवा तथा स्थानीय समाजसेवीहरुबीचको यही माघ १ गते बसेको भेलाले खेल मैदान खरिद तथा निर्माण गर्ने निणर्य सहित समिति निर्माण गरेको छ ।
गाउँमा रहेका खेलाडीहरु र युवाहरुको मागलाई मध्यनजर गर्दै एउटा उपयुक्त खेल मैदानको अभाव रहेको कुरालाई मध्येनजर गरि पहिलो चरणमा खेल मैदानका लागि आवश्यक पर्ने जग्गा खरिद गर्ने र तत्पश्चात खेल मैदान निर्माण गरिने सहयोग सकंलन समितिका सयोंजक एवम् पत्रकार दिपक नेपालीले जानकारी दिनुभयो।
खेल मैदानका लागि आवश्यक पर्ने जग्गा खरिद गर्नका लागि सञ्चालन गरिएको सहयोग सकंलन अभियानमा सहभागी भई आफुले सक्दो आर्थिक सहयोग गर्न समेत उहाँले सबैसगं आग्रह गर्नुभएको छ। सहयोग सकंलन भएपश्चात जग्गा खरिदको काम र निर्माणको काम सुरु हुने बताईएको छ।
यसैबीच शनिवार बसेको युवाहरुको भेलाले खेल मैदान निर्माणमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गर्ने समेत निणर्य गरेको छ। आर्थिक रकम अनुसार विभिन्न सम्मान गर्ने निणर्य गरिएको हो।
जसअनुसार १ देखि ४ हजारसम्म सहयोगीदाताको नाम सामाजिक सञ्जालमा राख्ने, ५ हजार देखि १० हजारसम्मका सहयोगीदाताको नाम रुद्रावती प्राविको भित्तामा लेख्ने, २० देखि ३० हजारसम्म सहयोग गर्नेहरुको फोटो सहितको नामावली विद्यालयको भित्तामा राख्ने र सम्मानपत्रद्वारा सम्मान गर्ने, ५० देखि ८० हजारसम्मका सहयोगीहरुलाई विद्यालयमा फोटो सहितको एकल फोटो राख्ने र चाँदीको फ्रेममा सम्मान गर्ने निणर्य गरेको छ।
१ लाख ५० हजारदेखि २ लाखसम्म सहयोग दाताहरुलाई परिवारका ३ सदस्यको फोटो सहितको नामावली विद्यालयको भित्तामा राख्ने, २ लाख ५० हजारदेखि ३ लाख ५० हजारसम्म सहयोग गर्ने सहयोगीहरुको परिवारको ५ सदस्यको फोटो सहितको नामावली विद्यालय भित्तामा राख्ने र चाँदीको फ्रेममा सम्मान गर्ने तथा ६ लाख भन्दा माथी सहयोग गर्ने दाताहरुलाई विद्यालयको १ कोठामा निजको नाममा नामाकरण गर्ने निर्णय भएको सयोंजक नेपालीले बताउनुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










