Salime Malika Krishi Farm

Awareness Campaign

महेन्द्र नमुना मा.वि.ले भव्य रुपमा मनायो आफ्नो ६४ औँ वार्षिकोत्सव



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

 सागर भण्डारी, गुल्मी: महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका-७, वामीटक्सार गुल्मीले आफ्नो ६४ औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ।

पौष २६ गते देखि विद्यालयका आन्तरिक कार्यक्रमका साथ सुरु भएको वार्षिकोत्सवको हिजो औपचारिक समारोहकाबीच समापन गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष टेक बहादुर रानाको अध्यक्षता रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवर, जिल्ला समन्वय समिति गुल्मीका सदस्य सावित्रा भण्डारी, मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष एवम् विद्यालयका संरक्षक हरिहर सापकोटा लगायतको विशिष्ट आतिथ्यता रहेको थियो।

सिंचाई
Forest
Ad.

बार्षिकोत्सवको अवसर पारेर विद्यालयले विभिन्न खेलकुद, मनोरञ्नात्मक एवम् विद्यार्थीहरुबीच प्रतिष्प्रधात्मक कार्यक्रमहरु सम्पन्न गरेको छ। त्यस्तै हीरक स्मारिका विमोचन, कराते खेल उद्घाटन, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सम्मान, अक्षयकोष दाता सम्मान, शिक्षक बिदाई, शिक्षक सम्मान, कराते तेक्वान्दो प्रदर्शन, अक्षयकोष मार्फत ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण लगायतका कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देविराम शर्माले प्र.अको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर संगै अन्य क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गरेको बताउनुभयो। विद्यालयको भौतिक, आर्थिक र सवल विद्यालय बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै शर्माले शिक्षणमा सुचना प्रविधिको प्रयोग, निरन्तर अतिरिक्त क्रियाकलाप, स्वास्थ्य परिक्षण लगायत विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन गर्ने कार्यमा विद्यालय निरन्तर लागिरहेको बताउनुभयो।

Awareness by SKF

प्रस्तुत प्रतिवेदन अनुसार हाल विद्यालयले कक्षा नर्सरी देखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यममा अध्यापन गराईरहेको छ । त्यस्तै कक्षा ९ देखि १२ सम्म प्राविधिक धार तर्फ सिभिल ईन्जिनियरिङको पढाई सञ्चालन भईरहेको र जसमा १ सय १० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो। विद्यालयमा हाल १ हजार १० जना विद्यार्थी रहेको भन्दै उहाँले ५२ जना शिक्षक कर्मचारी रहेको बताउनुभयो।

वार्षिकोत्सव समारोहमा नेपाली काँग्रेस मुसिकोट नगर समिति सभापति मोहन घिमिरे, नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले, रुद्रावती बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष अग्नीधर लोहोनी, पूर्व प्रधानाध्यापक भिमलाल सापकोटा, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिनारायण सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सघंका पदाधिकारी, अक्षयकोषका संस्थापकहरु लगायतको उपस्थिति रहेको थियो।

विद्यालयका सहायक प्रधानाध्यापक धनपती खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारीले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया