Place for ads

Awareness

जयनेपाल र लालसलामको हिसाब नमिल्दा समाज र जनता सधैँ सास्तीमा



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

विपिन विश्वास रायमाझी, मुसिकोट: मुख्यतः सिमित बजेट, कानुनहरु बाझिनु जस्ता समस्याहरुले स्थानीय तहले रिजल्ट निकाल्न निकै समस्या छ। त्यसैमाथि स्थानीय तह कार्यकर्ता भर्ती केन्द्र बन्नु र जनप्रतिनिधिहरुले आफ्नो भुमिका वा राजनीतिलाई व्यवसाय र जागिरको रुपमा गर्नुले स्थानीय तहमा स्थानीय सरकार र जनप्रतिनिधिप्रती आमनागरिकको अविश्वास र बसाइँसराइ बढदो छ।

हिजो दोश्रो नगर अधिवेशन सम्पन्न भयो। यो अधिवेशन पनि एउटा निरन्तरको प्रक्रिया बाहेक अन्य केहि हुन नसकेको देखिएको छ। उक्त कार्यक्रम संचालन गर्न भत्ता खाजा र व्यवस्थापन लगायतको खर्च न्युनतम एक लाख भन्दा बढी छ।

Get Vaccinated

साथमा भुकुवा चौरमा नगर अधिवेशन गरि कार्यलयमा आएर माईनुटमा हस्ताक्षर गरि भत्ताखाने त पुरानो परिपाटी छदै छ।

थोरै बजेट,नितिगत समस्या, संघीय कानुनसङ्ग बाझिने कानुन, हस्तक्षेप गरिएका अधिकार क्षेत्र जस्ता चुनौतीका बाबजुद स्थानीय सरकारले आम जनजीविकाका मुद्दामा परिणाम निकाल्नुपर्ने चुनौतीपूर्ण अवस्थामा बजेट र कार्यक्रम छनौटमै राजनीति गर्ने एकथरीले आन्दोलनका फुक्ला कुरागर्ने अर्काथरिले पार्टीका नेता कार्यकर्ताको पहल र जातिको लागि कुलो, क्लब र गोरेटो बाटोमा बाडिने बजेटको परिपाटीले उनै सिमित कार्यकर्ता रिजाउने बाहेक कुनै हालतमा जनजीवनका मुद्दामा परिणाम ल्याउन सकिदैन भन्ने कुरामा निर्धक्क बन्दा हुन्छ।

जहाँका बस्ती खाली हुदैछन खेतवारी बाजोहुने चरणमा छन त्याहा कुलोमा बजेट छ।जहाँ अब हिडने मान्छेनै छैनन त्याहा बाटोमा बजेट,जहाँ अब विद्यार्थीनै छैनन त्याहा विद्यालय भवनमा बजेट, जुन बस्तिको अशिक्षा र जाडरक्सीले चेतना स्तर एकदमै कम छ तेस्ता ठाउँमा रक्सी र सितन आउन मिल्ने भत्ता सहितका कार्यक्रम। कुनैपनि ठाउँ र देशको बिकासको लागि दिगो बिकासको रुपमा योजना छनौट गरेर जनजीविकाका मुद्दामा रुपान्तरण र परिणाम निकाल्न सकिने गरि लगाउनुपर्छ। त्यसको लागि समाज र नागरिकको सिक्षा र चेतनाको स्तर वृद्धि नगरी कुनै हालतमा रुपान्तरण संभावना छैन।

पार्टीका कार्यकर्ताको प्यारो हुन र भोट जोगाउन कुलो, क्लब र गोरेटो बाटोमा बाँडिने बजेटको परिपाटीले उनै सिमित कार्यकर्ता रिझाउने बाहेक कुनै हालतमा जनजीवनका मुद्दामा परिणाम ल्याउन सकिदैंन भन्ने कुरामा निर्धक्क बन्दा हुन्छ।

साथमा कम्तिमा ४ वटा वडाको नेतृत्व गरिरहेका फरक पार्टीका वार्ड अध्यक्षहरुले आन्दोलन गर्ने रे।यो कस्तो खालको रुपान्तरण हो?मेरो एउटा अनुरोध छ मुसिकोटका १,२,८,९ वार्डका वार्ड अध्यक्षहरु एकदमै युवा अवस्थाका हुनुहुन्छ। तपाईंहरुको उमेर मात्रयुवा हो भनेत हाम्रो भन्नू केही छैन यदि विचार र दृष्टिकोण साथै समाजप्रतिको चिन्तन पनि युवत्व हो भने अलिक सकारात्मक हुनुहोस्। तपाईहरुलाई सहज तरिकाले चल्न मिल्ने नियमित आम्दानी राज्यले दिएको छ, मात्र यहि पाँच बर्षलाई पार्टीको कभर बाहिर उत्रिएर जनताको जनप्रतिनिधि बन्नुहोस।

Awareness by SKF

डोजरको अघि उभिएका फोटो राख्न छोडनुहोस, तपाईंका हरेक दैनिकीका केही घन्टा तिनै बस्तिहरुको चेतना स्तर बढाउनमा होस।यसर्थ नगरले बजेट दिन आनाकानी गर्यो भने वैदेशिक लगानी भित्र्याउने वातावरण मिलाउनुहोस्,भएका कुराहरूमा व्यवस्थापन लाई बढी ध्यान दिनुहोस्।लगानीको लागि आवश्यक क्षेत्र र योजना पहिचानमा सक्दो सहयोग हामिपनी गर्छौ। आ-आफ्ना वार्डका विद्यालयको गुणस्तर सुधारमा अपडेटिङ भएर लाग्नुहोस।

समाजमा रहेका पिछडिएका बस्तिका नागरिकको चेतना स्तर सकारात्मक बनाउन हरकदम लाग्नुहोस। सक्नुहुन्छ ५ बर्षमा तपाईका वार्डका नागरिकले पैसा नमागी पैसा नबाडी स्वेच्छाले चाहेको योग्य ब्याक्तीलाई मतदान गर्नसक्ने हिम्मत आउने गरि चेतना स्तर र आमदानीको लागि जहाँ जुनकुनै तरिकाले फरक रणनीति तयार गर्नुहोस। आवश्यक रचनात्मक सहयोगको निम्ति हामी सबै तयार छौँ। त्यति गर्दा तपाईं सकारात्मक चिन्तनले लाग्दा लाग्दैपनी केही हुदैन भनेर त मैले पत्याउनै सक्दिन।यदि तेसो भएको खण्डमा कि तेस्तै जीवन यापनलाई छोडिदिउला कि त हामिले अर्को कुनै रणनीति अपनाउला तर गर्दै नगरी त हुदैन।

यसर्थ हाम्रा नगरप्रमुख वा कुनै जनप्रतिनिधिले स्कुल हेपोको अनुगमन गरेर र गृहमन्त्रीले सार्वजनिक यातायातमा बस्ने ठाउँ हुदा नि उभिएर समस्या हल हुन्छ भन्नू एउटा फगत स्टन्ड मात्र हो। शिक्षकले खुलेआम राजनीति गर्दा केही बोल्न नसक्नु नितिगत निर्णय गर्न नसक्नु,स्वयम मेयरले ७-८ कक्षाका विद्यार्थी जम्मा गरेर मेरो पार्टीमा लाग्नुहोस भन्नेले शिक्षाको गुणस्तरवृद्धि साथमा स्वास्थ्यका कर्मचारीले हाजिरी र उनीहरुको काममै गलत गरिरहेका छन,मेडिकल अबैध चलाएका छन।

जिम्मेवार कर्मचारीले आफ्नो पदको दुरुपयोग गरेका छन भनी आधिकारिक प्रमाण सहित पालिका प्रशासनमा उजुरी दिदा समेत आफ्नो नजिकको बनाएर संरक्षण गर्ने नगर-प्रमुखले उक्त क्षेत्रका समस्या सुधार गर्छन भने पत्याउन त मैले अर्को जन्म ल्याउनपर्छ।यद्यपि मान्छे न हुन भनेर आशा गर्न त छोडदिन। यसर्थ नागरिक चेतना र जिम्मेवार जनप्रतिनिधि सहित मुसिकोटको समृद्धि र रुपान्तरण मेरो सपना हो मेरो राजनीतिको बर्तमान सिद्धान्त हो।

COVID-19

गत स्थानीय तहको निर्वाचन पछि नगरपालिकामा कर्मचारी आवस्यकताका लगभग सबै विज्ञापनमा एमाले पार्टीमा आस्थावान व्यक्तिहरुमात्र छनौट हुनु या योग्य देखिनु संयोग मात्र हो या नियती? कानुन र अनुगमनको पाटोको मुख्य पात्र उपप्रमुखले आफै राज्यले दिएको भन्दा बढी सुविधा लिन खोजेर वहाकै अनुगमन गर्नुपरेपछी कस्तो परिणाम आउने हो? स्थानीय सरकार र राज्यको लगानीका करोडौंका गौरवका आयोजना स्थानीय सरकारको अनुगमन र चासोको अभावमा अलपत्र छन तिनी आयोजना अनुगमन कस्ले गर्ने हो? ठेकेदार ले? हिसाब मिलेन है।

पार्टीका कार्यकर्ताको प्यारो हुन र भोट जोगाउन कुलो, क्लब र गोरेटो बाटोमा बाँडिने बजेटको परिपाटीले उनै सिमित कार्यकर्ता रिजाउने बाहेक कुनै हालतमा जनजीवनका मुद्दामा परिणाम ल्याउन सकिदैन भन्ने कुरामा निर्धक्क बन्दा हुन्छ।

मुसिकोटमा एमाले निकट जनप्रतिनिधि र मेयरले एमालेका केही र सिमित व्यक्तिहरुको नजिक बनेर घेराउमा बसेर, No Risk मा नगरपालिकाको सकारात्मक रुपान्तरण संभावना छ भनेर हामिले कसरी पत्याउने? यद्यपि समाजको सकारात्मक चिन्तक युवाको नाताले सधैँ मुसिकोटको विकास र समृद्धिको लागि रचनात्मक साथ र सहयोग साथै गलतका विरुद्ध बुलन्द आवाज रहिरहने छ।

गत निर्वाचनमा सबैको प्रिय एवं युवानेताको रुपमा लगभग अत्याधिक मत ल्याउनुभएका पुर्व गठबन्धनको तर्फबाट उपप्रमुखको उमेदवार बन्नुभएका श्रीराम महतको स्थानीय सरकारको यस्ता गतिविधिमा मौनताले आशा गरिएका नेतृत्वमा कस्तो सङ्केत दिन्छ? यसर्थ यी र यस्ता अनिवार्य विषय उठाउनु मेरो जिम्मेवार नागरिक र निर्वाचनमा उम्मेद्वारको रुपमा गरेको वाचा पनि हो।

धन्यवाद! जयनेपाल, लालसलाम!

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया