Smoking Causes Cancer

रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमो’ उडान हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा विमानस्थलमा भोलि आइतबार नमुना (डेमोस्ट्रेसन) उडान गरिने भएको छ।

रेसुङ्गा नगरपालिका-१०, सिमिचौरमा नवनिर्मित विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो।

डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

उहाँले आइतबार बिहान ११ बजे डेमोस्ट्रेसन उडानको गरिन लागेको बताउनुभयो। उक्त जहाज काठमाडौँबाट गुल्मी आइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ। आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभएको छ।

जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्णराज विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसमेत आउने बताइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया