Salime Malika Krishi Farm

Awareness Campaign

खरेल तीन दाजुभाई मिलेर ददल्का माध्यमिक विद्यालयलाई ३ लाखको अक्षयकोष स्थापना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कौरव खत्री, गुल्मी: गुल्मी मुसिकोटको ददल्का माध्यमिक विद्यालयलाई समाजसेवी तीन दाजुभाई खरेलद्वारा ३ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ।

मुसिकोट नगरपालिका वडा नं.९ ददल्का जन्म स्थान भई हाल चितवन र काठमाण्डौमा बसोबास गदै आउनु भएका समाजसेवी डिलाराम खरेल र उहाँका भाइहरु बाबुराम खरेल र रामु खरेलद्वारा मुसिकोट नगरपालिका वडा नं. ९ ददल्का गुल्मी स्थित रहेको ददल्का माध्यमिक विद्यालयका गरिब, जेहेन्दार एवम् लगनशील विद्यार्थीहरुलाई प्रदान गर्ने गरी ३ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो।

त्यस्तै ददल्का माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवम् माध्यमिक विद्यालयका सञ्चालनार्थ संस्थापक सदस्य रहनु भएका डिलाराम खरेल, बाबुराम खरेल र रामु खरेलले हाल कर्म थलो जापानलाई बनाएर सफल व्यवसाय गदै आउनु भएको छ।

सिंचाई
Forest
Ad.

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भूमा गुरुङ्ग, समाजसेवी चन्दादाता डिलाराम खरेल, विद्यालयका प्रधानाध्यापक बुद्धिमणी खरेल, शिक्षाप्रेमी रामकृष्ण कंडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, चन्दादाता, समाजसेवी, शिक्षाप्रेमी, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम ददल्का माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम खरेलको अध्यक्षता, विद्यालयका शिक्षक गोविन्द वि.क.को स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक कालिदास खरेलले गर्नु भएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया