Smoking Causes Cancer

गुल्मी-१ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवालीले दिए बधाई तथा शुभकामना



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सन्जु काउछा, गुल्मी: गुल्मी १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

ज्ञवालीले आफ्नो फेसबुक पेजमार्फत गुल्मी-१ बाट आफु पराजित भएको जानकारी दिँदै सम्पूर्ण मतदाताहरु प्रती आभार प्रकट गरेका छन्। यद्यपी निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन भने बाँकी छ।

“अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन, तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु।”, ज्ञवाली लेख्छन्, “प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ।”

सिंचाई
Forest
Ad.

ज्ञवालीले निर्वाचित भएका चन्द्र भण्डारीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना पनि दिए। यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया