Clean Water Campaign

Awareness Campaign

झिनियाको हब बन्दै गुल्मीको वामीटक्सार, सरकारको बेवास्ताले उद्योगको रुप लिन सकेन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: तिहारका लागि गुल्मीमा हरेक वर्ष लाखौं मूल्य बराबरका झिनुवा रोटी उत्पादन हुँदै आएको छ। अन्य जिल्लाहरुमा समेत निर्यात गर्नेगरी स्थानीयले उत्पादन गर्दै आए पनि सरकारको बेवास्ताले त्यसको लेखाजोखा नहुनुका साथै यसले उद्योगको रुप लिन नसकेको स्थानीयको गुनासो छ।

जिल्लाको पुरानो व्यापारिक केन्द्र वामी टक्सार बजार झिनुवा रोटी उत्पादनको हव बन्दै गएको छ। जहाँ वार्षिक करिब ५० लाख बराबरको झिनुवा रोटी उत्पादन हुने गरेको स्थानीय दाबी गर्छन् । छिमेकी जिल्ला बाग्लुङ्गदेखि बुटवलसम्मको माग आफूहरुले थेग्न नसकेको उत्पादकहरु बताउँछन्। गुल्मी सदरमु्काम तम्घासको पुरानो बजार र बागमारेका नेवार समुदाय सदियौंदेखि झिनुवा रोटी उत्पादन गर्नमा कहलिएका थिए । तर अहिले त्यहाँभन्दा बढी झिनुवा रोटी उत्पादन गर्ने वामीटक्सारका नेवार समुदाय बनेका छन् । करिव सय घरधुरी नेवार समुदाय रहेको वामीटक्सारमा अहिले झण्डै ८० प्रतिशतले झिनुवा रोटी बनाउने गरेका छन्।

सिंचाई
Forest
Ad.

अन्य समुदाय सहित करिव ५० घरधुरी नेवार समुदायले झिनुवा रोटी उत्पादन गर्दै आएका छन् र वार्षिक झण्डै ५० लाख आम्दानी लिईने गरेको आँकलन उनिहरु सुनाउँछन् । तिहार भित्रिए लगत्तै यहाँका प्रत्येक घरका छानादेखि घरको तलाहरुमा रंगिबिरंङ्गी झिनुवा रोटी सुकाइएको दृश्यले तिहार भित्रिएको महशुस हुन्छ । वामीटक्सार बजारका सुशान्त शाक्य २०/२२ वर्षका युवा हुन । उनले एउटै सिजन तिहारमा मात्रै करिव २ लाख रुपैयाँ आम्दानी लिने गरी झिनुवा रोटी बनाउन भ्याई नभ्याईमा छन् । वामीटक्सारमा सबैभन्दा बढि झिनुवा रोटीको कारोवार गर्ने बिष्णुमति श्रेष्ठ हुन । एकल महिला उनले मुख्य ब्यवसायका रुपमा झिनुवा रोटी उत्पादनलाई बनाईन । त्यसैबाट छोरा छोरी पढाउनेदेखि सडक छेउँमा पक्की घर ठडाएकी छन् । चार जनालाई रोजगारी समेत दिएकी श्रेष्ठले एकै सिजन तिहारमा मात्रै करिव ६ लाखसम्म कमाउने र माग थेग्न नसकिएको बताउँछिन्।

उनले सरकारी निकायले अगुवाई गरे उक्त पेशा ठूलै उद्योगका रुपमा अगाडी बढाउन सकिने बताउँ छिन् । तिहारको सिजनमा करिव २ लाख रुपैया आम्दानी लिने लक्ष्य लिएका जगनाथ प्रधान दशैताका एक हप्तासम्म पानी परिरहेको बेला क्षति ब्यहोरेको तर पनि हरेस खानु पर्ने अवस्था नरहेको बताउँछन् । उनकी पत्नी बसन्ती श्रेष्ठ प्रधान सरकारी निकायले चाउचाउ र चाउमिन जस्तै उद्योगका रुपमा बिकास गर्न चाहे राम्रो हुने बताउँछिन्।

त्यहाँका अमृत श्रेष्ठले झण्डै तीन लाख आम्दानी लिने गरेको र तिहारको बेला माग थेक्न गाह्रो भएको बताउँछन् । वामीटक्सार बजारमा झिनुवा रोटी उत्पादनमा विष्णुमति श्रेष्ठपछि बढी आम्दानी लिने व्यक्ति हुन मेघ प्रसाद श्रेष्ठ । उनले करिब ५ लाखको झिनुवा बेच्ने गरेको र स्थानीय सरकारले उद्योगका रुपमा विकास गर्नु पर्नेमा जोड दिन्छन् । त्यस बजारका भगवान कक्षपति, नन्दु कँडेल, शेरबहादुर रोकाय, धनमाया राना, विष्णु शाक्य, बन्धना श्रेष्ठ, शान्ति श्रेष्ठ लगायतले ठूलो परिमाणमा झिनुवा रोटी उत्पादन र विक्रि वितरण गर्ने गरेका छन्।

Awareness by SKF

वामीटक्सारपछि अर्को पुरानो ब्यापारिक केन्द्र रिडी, जोहाङ्ग, खैरेनी, शान्तिपुर, पुर्तिघाट, बलेटक्सार, रानीवास, धुर्कोट वस्तु र सदरमुकाम तम्घास सहित झिनुवा रोटीबाट बर्सेनी करोडौंको आम्दानी लिने गरिएको छ। तर त्यसको लेखाजोखा र उत्पादन वृद्धिमा स्थानीय सरकारले चासो नदिदा त्यस ब्यवसायले उद्योगको रुप लिन नसकेको स्थानीयको गुनासो छ । गुल्मीको मुसिकोट नगरपालिकाले कफी हबका लागि अगुवाई गरेजस्तै झिनुवा उत्पादनको हबका लागि पनि अगुवाई गर्न सके राम्रो हुने स्थानीयको सुझाव छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया