Clean Water Campaign

Awareness Campaign

तेस्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला-२०७९ को तयारी तिव्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कमल पौडेल, गुल्मी: मुसिकोट नगरपालिकाको केन्द्र वामी टक्सारमा असोज २५ र २६ गतेको लागि आयोजना गरिएको तेश्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला-२०७९ को तयारी तिव्र रुपमा भएको आइतबार वामी मैदानमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ।

विश्व वामी सम्पर्क मञ्च अन्तरगत नौमति साँस्कृतिक समितिको आयोजनामा हुन लागेको सो महोत्सव सफल बनाउन विभिन्न ६ ओटा उपसमिति समेत गठन गरिएको र तिव्ररुपमा तयारी भैरहेको आयोजकले जनाएको छ। जस अनुसार डिलाराम खरेलको संयोजकत्वमा प्रचार प्रसार समिति, नविन कक्षपतिको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, अनुप लाखेको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, महेश्वर घिमिरेको संयोजकत्वमा अतिथि सत्कार समिति, सुष्मा तिवारीको संयोजकत्वमा पञ्चकन्या व्यवस्थापन समिति र मेख प्रसाद श्रेष्ठको संयोजकत्वमा कार्यालय व्यवस्थापन समिति गठन गरि काम गरिरहेको प्रत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

सम्मेलनमा प्रचार प्रसार समितिका संयोजक डिलाराम खरेलले हाल सम्म १० समुह नौमति वाजा दर्ता भैसकेको जानकारी दिनुभएको छ। विश्वमा छरिएका वामेलीहरुलाई जोड्दै संस्कृति संरक्षणमा निकै महत्वपूर्ण हुने मानिएको महोत्सवमा सरायँ, कालिका नाच, भजन कृतन लगाएत विभिन्न स्थानिय झाँकी प्रदर्शन गरिने र संस्कृति झल्किने कार्यक्रमलाई प्राथमिकता दिइने नौमति साँस्कृतिक समितिका अध्यक्ष बैकुण्ठ रायमाझिले जानकारी दिनुभएको छ।

सिंचाई
Forest
Ad.

सो महोत्सवमा खुल्ला नौमति वाजा प्रतियोगिता, नौमति वाजामा दोहोरी गित र दोहोरी नृत्य सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा गुल्मी तथा बागलुङका मुसिकोट नगरपालिका संग जोडिएका छिमेकी पालिकाका प्रमुखहरुको समेत सहभागिता रहने तयारी गरिएको मुल समारोह समितिका संयोजक नारायण सापकोटाले जानकारी दिनुभएको छ।

भुकम्पले पुर्याएको क्षतिमा मह्लम लगाउने उद्धेश्यले २०७२ मा पहिलो पटक गरिएको नौमति महोत्सव पछि २०७५ देखि संस्कृृति संरक्षणको लागि हरेक २÷२ वर्षमा दशैं पुर्णिमाको पर्सिपल्ट गर्नेगरि कार्यक्रम सुरु गरिएको थियो। तर विगत २ वर्ष कोरोनाको कारण कार्यक्रम स्थगित भएको थियो। अहिले विश्वभर छरिएका वामेलीहरुको सामुहिक प्रयत्नवाट पुनः यसपाली तेश्रो महोत्सव गर्न लागिएको हो।

झण्डै ५ लाख बढी खर्चमा हुने कार्यक्रममा दर्जन बढी कलाकारहरुको समेत सहभागिता रहनेछ। वरिष्ठ संगितकार विवि अनुरागी, लोक गायक खेम सेन्चुरी, लोक गायक रामचन्द्र चन्द, तिलक वस्नेत, दोहोरी गायीका अस्मीता डल्लाकोटी, बालचन्द्र बराल, विष्णु श्रीपाली, मोडल तथा कलाकार संयोजक ओवि रायमाझि, मोडल अस्मिता रणपाल, कलाकारहरु उज्जवल गिरि, सिमा थापा, गोविन्द विसि, लिल सुगम छन्त्याल, प्रकाश सापकोटा, धनमाया राना, विर बहादुर विश्वकर्मा, रमेश विश्वकर्मा, रिता थापा मगर, कमल बराल, कृष्ण बराल, नारायण पौडेल, विमला सुनुवार लगाएतको सहभागिता रहने आयोजकले जनाएको छ।

सो पत्रकार सम्मेलनको सञ्चालन सचिव मेख प्रसाद श्रेष्ठले गर्नुभएको थियो।

Awareness by SKF


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया