Smoking Causes Cancer

आर्थिक संकटग्रस्त रेसुङ्गा क्याम्पसलाई नगरपालिकाकाे एक कराेड सहयोग



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाले एक कराेड आर्थिक सहयोग गर्ने भएको छ।

गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक सङकट भएपछि संचालक समितीको साउन ३० गतेको बैठकले क्यामपसलाइ आर्थिक सङ्कटकालको घोषणा गरकाे थियो।

क्याम्पसलाई आर्थिक संकटबाट निकास दिइ शैक्षिक रुपमा चलायमान बनाउन रेसुङ्गा नगरपालिकाले शनिबार पत्रकार सम्मेलनमार्फत क्याम्पसलाई एक करोड सहयोग गर्ने घोषणा गरेको छ।

सिंचाई
Forest
Ad.

यो पनि: सामुदायीक क्याम्पसको दुर्दशा, रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल घोषणा

पत्रकार सम्मेलनमा नगरप्रमुख खिलध्वज पन्थीले `यस सहयोगले क्याम्पसको आर्थिक संकट निवारण गर्ने कार्यमा एउटा इटा थप्ने कुरामा विश्वास लिएको बताएका छन।

उनले शैक्षिक धराेहरलाई आर्थिक दायित्व कम गराएर क्याम्पस बचाउन लागि पर्न सबै पालिकालाई सहयोग गर्न समेत आग्रह गरेका छन्।

Awareness by SKF

विसं २०३९ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पस सबैभन्दा पुरानो शैक्षिक धरोहर हो । क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूको आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन नसकेपछि आर्थिक संकटकाल घोषणा गरिएको थियो। -सेतोमसी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया