Salime Malika Krishi Farm

Awareness Campaign

बाग्लुङका एक युवाले श्रीमती र छोरीको हत्या गरी गरे आत्महत्या



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

खिमराज चालिसे, चंडिगढ: भारतको चंडिगढस्थित किसनगढ भगवानपुरा गाउँमा एक नेपाली परिवारका तीनजना एउटै कोठामा शंकास्पद अवस्थामा मृत फेला परेका छन्।

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका-४, नुवाकोटका २६ वर्षीय रेशम विक, उनकी श्रीमती २४ वर्षीय पूजा र तीन वर्षीया छोरी शिवाङ मृत भेटिएका हुन्।

सोमवार बन्द कोठामा तीनै जना मृत फेला परेका र कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ। पुजा यही १२ अगस्त २०२२ का दिन मात्रैनेपालबाट छोरीलाई लिएर चंडिगढ आएकी थिइन्।

सिंचाई
Forest
Ad.

प्रारम्भिक अनुसन्धानमा श्रीमतीप्रति शंकाको आधारमा रेशमले श्रीमती र छोरीको गला दबाएर हत्या गरेपछि आफू पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीको आशंका छ।

अहिले तीनै जनाको शवलाई सेक्टर १६ चंडिगढको सरकारी अस्पतालमा राखिएको छ। थप पुलिस अनुसन्धान चलिरहेको छिमेकी किसनले बताएका छन्। चंडिगढबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले श्रीमतीको अवैध सम्बधको आशंकाले छोरी र श्रीमतीको हत्या गरी रेशमले आत्महत्या गरेको बताएका छन्।

यस्तै, लकडाउनमा नोकरी गएका कारण हैरान भएका उनी श्रीमती बिरामी भएका कारण थप तनावमा पुगेर यस्तो कदम उठाएको ‘चंडिगढ’ ले जनाएको छ।

मृतक रेशम गलकोट नगरपालिका-४ निवासी खिम बहादुर विकका छोरा हुन्। मुल कुराबाट साभार गरिएको हो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया