Clean Water Campaign

Awareness Campaign

इतिहासको साक्षी भार्सेको गोर्खा ग्यालरी: भिक्टोरिया क्रस पाउने रानादेखि पहिलो कर्णेल बुढाथोकी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो। जहाँ समुदाय स्तरबाट करोडौंका काम भएका छन। चाहे त्यो शिक्षा, स्वास्थ्य वा पर्यटन। अहिले गाउँ बिग्रिएका छन्। मान्छेका सोँचहरु राज्य केन्द्रित भएका छन्। तर, भार्से छोडेका वा गाउँमै बसेका सवैले गाउँको विकासमा देखाएको चासो निकै महत्वपूर्ण छन्।

अनेक बाध्यताले गाउँ छोड्नेहरु सोचे जस्तो बाहिर हुने बित्तिकै नर्फकने गर्छन्। कैयौलेले पढ्न, धन दौलत कमाउँछन्। तर, आफ्नो गाउँ र समुदायमा खर्च गर्ने मनकारी कम हुन्छन्। देशमा बिरलै पात्र मध्येका मनका धनी व्यक्ति हुन्।

लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकी। उनले गाउँ छोडेका बर्षौँ भए। तर, गाउँको माया मुटुमा साँचेका छन्। बुढाथोकीले गाउँको विकासका लागि गरेका कामको फेरेस्त बताएर साध्ये छैन्। त्यो मध्येको भार्सेको इतिहास देखाउने सृजनात्मक काम भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका छन् । उनले आफ्नै करिव ३५ लाखको लगानीमा भवन निर्माण गरेर भार्सेबाट प्रथम र दोस्रो विश्व युद्ध लड्नेहरुको फोटो र इतिहासको लागि गोर्खा ग्लालरी स्थापना गरेका हुन्।

सिंचाई
Forest
Ad.

ग्यालरीमा अहिलेसम्म एक जना जिवित र २४ जना दिवंगत व्यक्तिहरुको तस्विर र संक्षिप्त विवरण राखिएको छ। जसमा नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्ण बहादुर रानादेखि भारतिय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बुढाथोकी र श्रीप्रसादकै बुबा गिरीप्रसाद बुढाथोकीको तस्विर राखिएको छ। उनीहरु बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लडेको थिए।

लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकीका बुवा मोति बहादुर बुढाथोकी पनि विश्वयुद्ध लडेका थिए । विश्वयुद्ध लडेका २५ जना मध्ये ९८ बर्षीय बहादुर आले जिवित छन् । लेफ्टिनेन्ट बुढाथोकीले आफ्नो बुबासहित भार्सेली पुर्खा, इतिहास र पहिचानको लागि ग्यालरी स्थापना गरिएको बताए । ‘नेपाल र बाहिर भार्सेका कैयौ व्यक्तिले काम गरेर नाम कमाएका छन् । त्यो भार्सेको मात्रै नभएर नेपालकै लागि महत्वपूर्ण कुरा हो,’बुढाथोकीले भने,‘मैले पनि इतिहास जोगाउने प्रत्यन गरेको हुँ ।! योसंगै तत्काल गोर्खा फोटो ग्यालरीको योजना रहेको छ।

Awareness by SKF

यसमा सवै भार्सेली भारतीय, बिर्टिस र नेपाली सेनाहरुको फोटो राखिने छ । गोर्खा ग्यालरीको एउटा तस्विरको मुल्य ३० हजार रहेको छ। भार्सेकै सुजना श्रीसले पेन्सिल आर्ट मार्फत आर्कषक फोटा बनाएकी छन्। कुल बहादुर बुढाथोकीले पर्यटकीय बौद्ध स्तुपाको निर्माणको नेतृत्व आफैले गरेका छन्। स्तुपाको फाउण्डेशनसहितका महत्वपूर्ण काम भएको छ। स्तुपासंगै सेल्फी स्पोट बनाइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया