Smoking Causes Cancer

सिद्धार्थ बैंकले शेयरधनीलाई बोनस शेयर दिने, कति प्रतिशत दिन्छ त?



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: धेरै बैंकहरुले आफ्नो अघिल्लो बर्षको नाफाबाट बोनस घोषणा गरिरहेका छन।

यसै विच सिद्धार्थ बैंक लिमिटेडले पनि मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। हाल बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँ रहेको छ। १४.२५ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३० रुपैयाँ पुग्नेछ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया