Smoking Causes Cancer

जहाँ देवी संग चिच्याएर वर मागिन्छ, त्यहाँ आजदेखि सुरु हुँदैछ मालिका पूर्णिमा मेला



ओझेलका खबर
३ घण्टा अगाडि


Place for ads

तम्घास  । देवीले सुन्नुहुन्न भन्ने जनविश्वास छ। त्यसैले यहाँ भक्तजनहरू सामान्य स्वरमा होइन, चिच्याएर आफ्ना मनोकामना पुकार्छन्। कसैले दुःख सुनाउँछन्, कसैले सुख र समृद्धिको वर माग्छन्। यही अनौठो धार्मिक विश्वास र परम्पराले गुल्मीको मुसिकोट नगरपालिका–६, कुर्घास्थित मालिका देवीस्थानलाई विशिष्ट पहिचान दिएको छ।

यही धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको कुर्घामा आजदेखि १२औँ मालिका पूर्णिमा मेला सुरु हुँदैछ। मंसिर ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने आयोजक मालिका मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

स्थानीय धार्मिक जनविश्वासअनुसार मालिका देवी कान नसुन्ने देवीका रूपमा परिचित हुनुहुन्छ। त्यसैले देवीसमक्ष पुग्ने भक्तजनले आफ्ना मनोकामना चिच्याएर सुनाउने र वर माग्ने परम्परा रहेको यस क्षेत्रका सामाजिक अगुवा ज्ञानहरि सापकोटा बताउनुहुन्छ।

सिंचाई
Forest
Ad.

झरनामा अवस्थित मालिका देवीको दर्शन तथा पूजाआराधना गर्न टाढाटाढाबाट समेत भक्तजन आउने गरेको उहाँको भनाइ छ। परम्परागत उप्त दिन मङ्सिर ८ गते विहान रहेको र ३ / ४ बजे देखि नै भक्तजनको लाम लाग्ने उहाँले जानकारी दिनुभयो ।

मेला संयोजक प्रकाश थापाका अनुसार मेलामा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुनेछन्। खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ८१ हजार रुपैयाँ र द्वितीय हुने टोलीले ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, खुला भेट्रान्स भलिबल (३५ वर्षमाथि) तर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।.

खुला एकल रेकर्ड नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार १००, ६ हजार १०० र ४ हजार १०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसका साथै घैँटोफोड र कुर्सी दौड प्रतियोगितासमेत आयोजना गरिनेछ।

मेलामा मुसिकोट नगरपालिका–६ का अगुवा कृषकलाई सम्मान गरिनेछ भने नगरपालिका वडा नं. १ देखि ९ सम्मका कृषकका उत्पादन समेटेर कृषि प्रदर्शनी आयोजना हुनेछ। कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Awareness by SKF

सांगीतिक तथा सांस्कृतिक कार्यक्रमतर्फ ईश्वर सिंह, विष्णु श्रीपाली र सीमा थापालगायत राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिनेछन्। त्यसैगरी नेवार समुदायको लाखे नाच, मालारानीका मगर समुदायको सोरठी र घाटु नाच, कुमाल समुदायको हेम्फै नाच, गुरुङ समुदायको टोटे नाच तथा भुवाचिदी र आँपचौरको लोकभजन प्रस्तुत गरिने मेला संयोजक थापाले जानकारी दिनुभयो।

धार्मिक आस्था, मौलिक परम्परा, स्थानीय कला, कृषि र खेलकुदलाई एउटै उत्सवमा जोड्ने प्रयासका रूपमा मालिका पूर्णिमा मेलालाई लिइएको छ। मेलालाई भव्य र सफल बनाउन मालिका मन्दिर व्यवस्थापन समितिले स्थानीयवासी, खेलप्रेमी, कलाकार, भक्तजन तथा सर्वसाधारणलाई सहभागिताका लागि आह्वान गरेको छ।
…….
पोस्ट मिति : २०८३ मंसिर ५ गते
समय : बिहान ८.५५ बजे 
……..
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो