Smoking Causes Cancer

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, साढे ३ लाखभन्दा बढी नगद बरामद



ओझेलका खबर
३ घण्टा अगाडि


Place for ads

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ सुनथानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले २०८३ साल कार्तिक २१ गते बिहान १२ः१५ बजे स्थानीय सुरेश कुमार श्रेष्ठको घरमा छापा मार्दा उनीहरूसहित जुवातास खेल्न प्रयोग भएका ३ गड्डी तास र नगद ३ लाख ४५ हजार रुपैयाँ बरामद गरेको हो।

पक्राउ पर्नेमा घरधनी पनौती नगरपालिका–९ का अन्दाजी ४१ वर्षीय सुरेश कुमार श्रेष्ठ, सोही स्थानका अन्दाजी ४९ वर्षीय लक्ष्मण हुमागाईँ, ३५ वर्षीय सुशिल राई र ३३ वर्षीय चन्द्र कार्की रहेका छन्।

सिंचाई
Forest
Ad.

त्यसैगरी पनौती नगरपालिका–५ का अन्दाजी ५४ वर्षीय नातिराम केसी र भक्तपुरको सूर्यविनायक नगरपालिका–१ का अन्दाजी ५५ वर्षीय मनोज बानियाँ पनि पक्राउ परेका छ
प्रहरीले उनीहरूबाट बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जनाएको छ।

……..
पोस्ट मिति : ७ मंसिर २०८३
समय :  दिउँसो २.४५ बजे 

………
ओझेलका खबर — खबर भित्रको खबर

………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो