मुख्य तथ्य
* काठमाडौं–महेन्द्रनगर रात्रि बसमा घटना।
* महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोप।
* कञ्चनपुरका तीन जना युवा पक्राउ।
* मंसिर होइन, कात्तिक १९ गते पक्राउ गरी अनुसन्धान अघि बढाइएको।
कञ्चनपुर। काठमाडौं बाट महेन्द्रनगर आउँदै गरेको रात्रि बसमा सवार महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार २०८३ कात्तिक १७ गते काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको रात्रि बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार भएको थियो।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मैटनाका २१ वर्षीय शमिर बिष्ट र २४ वर्षीय अनिल नाथ तथा भीमदत्त नगरपालिका–३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन्।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखेर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले घटनाबारे जानकारी दिएका हुन्।
……
पोस्ट मिति : २० कात्तिक २०८३
समय : २३ बजे
ओझेलका खबर — खबर भित्रको खबर
……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









