Smoking Causes Cancer

बागलुङमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ, डेढ लाख बढी नगद बरामद



ओझेलका खबर
१ घण्टा अगाडि


Place for ads

बागलुङ । बागलुङमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट १ लाख ६४ हजार २५१ रुपैयाँ नगद र ४३८ पत्ती तास बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार २०८३ कात्तिक १७ गते दिउँसो करिब ४ बजे बागलुङ नगरपालिका–२, हलनचोकस्थित अमर खड्काको घरको तेस्रो तलामा जुवातास खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो।
सो क्रममा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई नगद र ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जि.सी., ६४ वर्षीय अमर खड्का, ६६ वर्षीय भीमबहादुर खत्री, ५६ वर्षीय केशव पौडेल, ५५ वर्षीय राज गौतम, ३५ वर्षीय हरि शर्मा, ६६ वर्षीय डम्मरबहादुर भण्डारी र ५० वर्षीय दुर्गाबहादुर खत्री रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर खवातीले जानकारी दिएका छन्।

…….
मिति : २०८३ कात्तिक १७ गते, ८.५० बजे 

सिंचाई
Forest
Ad.

……
ओझेलका खबर — खबर भित्रको खबर

……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो