Smoking Causes Cancer

गुल्मीमा घरको ढोका फोरेर चोरी भएको बन्दुक र गोली बरामद



ओझेलका खबर
४ घण्टा अगाडि


Place for ads


 तम्घास ।  गुल्मीको इस्माको एक घरमा कोही नभएको मौका छोपी चोरी गरिएको एकनाले बन्दुक र त्यसमा प्रयोग हुने १७ राउण्ड गोली प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख डिएसपी बिरेन्द्र बिश्वकर्मा बाट हामीलाई उपलब्ध विवरण अनुसार इस्मा गाउँपालिका–३ दर्लामचौर टारस्थित एक घरबाट चोरी भएको एकनाले बन्दुक र गोली प्रहरीले बरामद गरेको हो ।
कात्तिक १५ गते स्थानीय राधा रिजालको घरमा कोही नभएको अवस्थामा घरको मुख्य ढोका फोडेर बन्दुक र गोली चोरी भएको थियो। घरमा रहेको एकनाले बारबोर बन्दुकसहित ११ राउण्ड गोली चोरी भएको घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले उक्त हतियार र त्यसमा प्रयोग हुने १७ राउण्ड कार्टिज बरामद गरेको हो।

बरामद भएको बन्दुक राधा रिजालका स्वर्गीय श्रीमान् रामचन्द्र रिजालको नाममा दर्ता रहेको खुलेको छ। उक्त हतियारको इजाजतपत्र नम्बर २६/७०२ रहेको जनाइएको छ। श्रीमति रिजाल काठमाडौं तिर बस्ने बताईन्छ ।

सिंचाई
Forest
Ad.

चोरीमा संलग्न व्यक्ति नाबालक रहेकोले कानुनी तथा गोपनीयतासम्बन्धी व्यवस्थाअनुसार उनको नाम र ठेगाना सार्वजनिक गरिएको छैन।
प्रहरीले बरामद भएको हतियार तथा कार्टिज रीतपूर्व
रहरीले बरामद भएको हतियार तथा कार्टिज रीतपूर्वक बरामद गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
………
प्रकाशित मिति / समय : मङ्गलबार, १७ कात्तिक २०८३, बेलुकी ५.४५ 
…….
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो