तम्घास । गुल्मीको सत्यवती गाउँपालिका–४ पल्लो खैरेनीस्थित बादरे भिरमा माथिबाट ढुङ्गासहितको लेदो खस्दा रुद्रवेणी–वामिटसार -बुर्तिबाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज दिउँसो करिब २ः३५ बजे सडक माथिबाट लेदोसहित ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडक खुलाउने प्रयास भइरहेको र हाल उक्त सडक खण्डमा यातायात आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुदिप नेपालीले पठाएको समाचार विवरणमा उल्लेख छ । प्रहरीले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।
………
पोस्ट मिति : २०८३ कात्तिक १६ गते
समय : अपरान्ह ५.५०
……….
ओझेलका खबर — खबर भित्रको खबर
…………
सन्तुलित आलोचना, रचनात्मक सुझाव तथा मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |



