कैलाली। कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले २०६७ साल वैशाख २८ गतेको घटनामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टीपुर बस्ने ५८ वर्षीय प्रेमबहादुर शाही रहेका छन्। उनलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पोस्ट मिति : २०८३ कात्तिक १६ गते
समय : अपरान्ह ५.३०
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






