Smoking Causes Cancer

जाजरकोट प्रहरीद्वारा मातहतका इकाई प्रमुखलाई चाडपर्व लक्षित सुरक्षा निर्देशन



ओझेलका खबर
२ घण्टा अगाडि


Place for ads

जाजरकोट । तिहार चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटले मातहतका प्रहरी इकाई प्रमुखहरूलाई आवश्यक सुरक्षा निर्देशन दिएको छ।

आज जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीले भर्चुअल माध्यमबाट मातहतमा कार्यरत इकाई प्रमुखहरूलाई निर्देशन दिनुभएको हो।

निर्देशनका क्रममा उहाँले समसामयिक सुरक्षा अवस्था, शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा रोकथाम गर्ने र फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सक्रियता बढाउने विषयमा जोड दिनुभएको छ।

सिंचाई
Forest
Ad.

त्यसैगरी प्रहरी नियमित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्ने तथा मातहतका इकाईहरूको कार्यसम्पादनलाई चुस्त, प्रभावकारी र जिम्मेवार बनाउन आवश्यक सुझाव तथा निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

………..
पोस्ट मिति : २०८३ कात्तिक १६ गते
समय : ३.५०

……

ओझेलका खबर — खबर भित्रको खबर
………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो