Smoking Causes Cancer

रोल्पामा बोलेरो जीप सडकबाट ५०/६० मिटर तल खस्यो, दुई जना घाइते



ओझेलका खबर
२१ घण्टा अगाडि


Place for ads

रोल्पा। रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।

जिल्लाको सुनिलस्मृति गाउँपालिका–४ धनबुढास्थित सुलिचौर–अरेस भित्री सडकखण्डमा आइतबार दिउँसो करिब ४:२० बजे बोलेरो जीप दुर्घटना भएको हो।
प्रहरीका अनुसार सुलिचौरबाट अरेसतर्फ जाँदै गरेको लु १ च ५४३९ नम्बरको बलेरो डबल क्याब जीप एक्कासि अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खसेको थियो।

दुर्घटनामा जीप चालक सुनछहरी गाउँपालिका–५ जुबाङ निवासी २८ वर्षीय धनप्रकाश घर्तीमगर र सहचालक सुनिलस्मृति गाउँपालिका–४ निवासी करिब १८ वर्षीय स्याम पुनमगर घाईते भएको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

दुवै घाइतेलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका लागि लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि दिउँसो ४:४० बजे बुटवलस्थित लुम्बिनी सिटी अस्पताल रिफर गरिएको छ। दुवैको अवस्था मध्ये रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता प्रहरी निरिक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालकले मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमतिपत्र साथमा रहेको पाइएको छ। दुर्घटनामा अन्य कुनै सवारीसाधन संलग्न नरहेको र जीप घटनास्थलमै रहेको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी नायब निरीक्षक भद्र वलीको कमान्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी कार्यालयबाट करिब ५ किलोमिटर पूर्वमा पर्छ।

…………..

Awareness by SKF

पोस्ट मिति : २०८३/०७/१५
समय : बुलुकी ७.१५

……………….
ओझेलका खबर — खबर भित्रको खबर

…………….

सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो