Smoking Causes Cancer

कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारीको दोब्बर अग्रता, महामन्त्रीमा प्रदीप र अमरसिंह अगाडि



ओझेलका खबर
३ मिनेट अगाडि


Place for ads

​काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा खुला उपसभापति पदमा डा. चन्द्र भण्डारीले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतको फराकिलो अग्रता कायम गर्नुभएको छ।

​नेपाली कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म १२२९ मतगणना सम्पन्न हुँदा (१२२४ सदर र ५ मत बदर) खुला उपसभापति पदमा डा. चन्द्र भण्डारीले ६४३ मत प्राप्त गर्नुभएको छ।

उहाँलाई पछ्याइरहनुभएका इ. मधु आचार्यले ३६२ मत ल्याउनुभएको छ। ​अन्य प्रतिस्पर्धीहरूमध्ये गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्रा. डा. चन्द्रमोहन यादवले १२९ मत प्राप्त गर्नुभएको छ।

सिंचाई
Forest
Ad.

​
समावेशीतर्फको उपसभापतिमा विनोदकुमार चौधरी ३५७ मतका साथ अग्रता स्थानमा हुनुहुन्छ। उहाँलाई जीवन परियारले ३०० मतसहित पछ्याउनुभएको छ भने फरमुल्लाह मंसुरले १७७, सीता गुरुङले १५७ र रंजीत कर्णले १०० मत प्राप्त गर्नुभएको छ।

​त्यस्तै, महामन्त्री खुला (दुई पद) तर्फ प्रदीप पौडेल ७२३ र अमरसिंह पुन मगर ४५५ मतका साथ अगाडि रहनुभएको छ। अन्य प्रतिस्पर्धीहरूमा उदयशमशेर राणा (४१२), डा. सुनिलकुमार शर्मा (३०९), गुरुराज घिमिरे (१७८), नैनसिंह महर (१३५), शंकर तिवारी (१९) र डा. सन्तोष उपाध्याय (१७) मत ल्याउनुभएको छ।

​महामन्त्री महिला (एक पद) तर्फ डा. डिला संग्रौला पन्त ५३६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने महालक्ष्मी उपाध्याय ‘डीना’ ५१३ र रीता खनाल १४७ मतका साथ पछ्याइरहनुभएको छ।
​
महाधिवेशनबाट पार्टी सभापतिमा गगन थापा निर्वाचित भइसक्नुभएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध चयन भइसक्नुभएको छ।
​

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो