Smoking Causes Cancer

रुपन्देहीमा गोली प्रहार गर्ने ३ जना पक्राउ, एक जना घाइते



ओझेलका खबर
३ घण्टा अगाडि


Place for ads

​पुजा गौतम
बुट्वल ।रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली प्रहार गर्ने एक जनासहित तीन जनालाई प्रहरीले हतियार र गोलीसहित नियन्त्रणमा लिएको छ।
​जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार २०८३ असोज १७ गते अपरान्ह १५:४५ बजेको समयमा देवदह नगरपालिका वडा नं. ५ का ४२ वर्षीय दीपक खरेल (दुर्गा प्रसाद खरेल) को पेस्तोलबाट १ राउण्ड गोली फायर भएको थियो।

​गोली प्रहारबाट बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचौक बस्ने २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्। गोलीको छर्राले उनको दाहिने गालाको छाला खोसिएर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ।

​घटना लगत्तै प्रहरी चौकी खैरैनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १ थान पेस्तोल र २ राउण्ड गोलीसहित मुख्य अभियुक्त दीपक खरेलसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
​पक्राउ पर्नेहरूमा:
१. दीपक खरेल (दुर्गा प्रसाद खरेल) – ४२ वर्ष, देवदह न.पा.-५
२. कमल शर्मा – ३८ वर्ष, देवदह न.पा.-५
३. अमृत खरेल – १८ वर्ष, देवदह न.पा.-५
​घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र २ राउण्ड गोली बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले थप अनुसन्धान कार्य जारी राखेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक  कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ।

सिंचाई
Forest
Ad.

………….
ओझेलका खबर – खबर भित्रको खबर
मिति : २०८३ असोज १८
पोष्ट समय : दिउँसो २ .२७
………………………………………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। कृपया व्यक्तिगत गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो