ब्रेकिङ न्यूज :नवलपुर बस दुर्घटनामा ६ जनाको मृत्यु, १० घाइते
नवलपरासी पूर्व (नवलपुर)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित ‘एस मोड’मा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन्।
बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा घाइते भएका १० जनामध्ये उपचारका क्रममा ६ जनाको मृत्यु भएको हो। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका एक घाइतेलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ।
मृतकको विवरण
१. जिल्ला जाजरकोट, भेरी नगरपालिका–३ बस्ने ५० वर्षीय निर्जुङ खत्री।
२. जिल्ला बाँके, कोहलपुर नगरपालिका–३ बस्ने ३२ वर्षीय दिपेन्द्र के.सी.।
३. जिल्ला बाजुरा, स्वामीकार्तिक गाउँपालिका बस्ने ६५ वर्षीय नरेन्द्रराज गिरी।
४. जिल्ला बाँके, कोहलपुर नगरपालिका–१० बस्ने ५५ वर्षीय एकेन्द्रराज रेग्मी।
५. जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय कृष कनौजिया।
६. हाल नामथर र वतन नखुलेका अन्दाजी ४०/४२ वर्षीय पुरुष व्यक्ति। विवरण खुल्न बाँकी।
बसमा सवार यात्रुमध्ये २ जना सकुशल रहेका छन्।
घाइतेहरुको विवरण
१. जिल्ला गोरखा, गोरखा नगरपालिका–९ बस्ने ३० वर्षीय हरिशरण थापा — बोल्न सक्ने, अवस्था मध्यम।
२. जिल्ला अछाम, मंगलसेन नगरपालिका–६ बस्ने २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी — भित्री चोट, बोल्न सक्ने, अवस्था मध्यम।
३. जिल्ला बर्दिया, ठाकुरबाबा नगरपालिका–१ बस्ने २० वर्षीया आकृति थारु — अनुहार, खुट्टा र कम्मरमा भित्री चोट, बोल्न सक्ने, अवस्था मध्यम।
४. जिल्ला बाजुरा, स्वामीकार्तिक गाउँपालिका–५ बस्ने ३२ वर्षीय पवन बुढा — अनुहार र बायाँ हातमा चोट, बोल्न सक्ने, अवस्था मध्यम।
५. जिल्ला बर्दिया, राजापुर नगरपालिका–९ बस्ने २८ वर्षीय सञ्जय थारु — अनुहार र दुवै हातमा चोट, अवस्था सामान्य।
६. जिल्ला बाजुरा, स्वामीकार्तिक गाउँपालिका–१ बस्ने २५ वर्षीय प्रेम बम — कम्मरमा चोट, अवस्था सामान्य।
७. जिल्ला ललितपुर, कुञ्ज्योसोम गाउँपालिका–५ बस्ने २९ वर्षीय अनोज खत्री — टाउकोमा चोट, बोल्न सक्ने, अवस्था मध्यम।
८. जिल्ला बर्दिया, बाँसगढी नगरपालिका–७ बस्ने ३६ वर्षीय लालबहादुर कार्की — कम्मर र टाउकोमा चोट, बोल्न सक्ने, अवस्था मध्यम।
९. जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१६ बस्ने ४८ वर्षीय अस्लाम भगवान — टाउकोमा चोट, अवस्था गम्भीर। उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन रिफर गरिएको।
१०. जिल्ला सल्यान, वनगाड कुपिण्डे नगरपालिका–१ बस्ने २१ वर्षीय अनिल बुढाथोकी — बायाँ हातमा सामान्य चोट।
……………..
ओझेलका खबर – खबर भित्रको खबर
मिति : २०८३ असोज १७
पोष्ट समय : बिहान ९ बजे
………………………………………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणी तथा मार्गदर्शनको सदैव स्वागत छ। कृपया अशोभनीय तथा अपमानजनक टिप्पणी नगरिदिनुहोला।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |



