तम्घास । नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ को अधिवेशनअन्तर्गत खुलातर्फ विजयी १० जना महाधिवेशन प्रतिनिधिहरुको मत संख्याले नेताहरुको वर्गीकरण गरेको छ ।
अन्तिम मतपरिणामअनुसार खिलध्वज पन्थी ९ सय ७८ मत प्राप्त गरी पहिलो हुनुभएको छ। उहाँकै हाराहारीमा भुवनप्रसाद श्रेष्ठले ९ सय ६९ मत प्राप्त गर्नुभएको छ।
खुलातर्फ निर्वाचित हुने अन्यमा भगत सिंह खड्का ७ सय ५५, छन्दबहादुर पहराई ७ सय ४७, प्रेमनारायण भण्डारी ६ सय ७५, महेन्द्रप्रसाद भण्डारी ६ सय ४४, सिए पदम भट्टराई ५ सय ६७, त्रिलोव्य प्रताप सेन ५ सय ५७, सूर्यबहादुर खत्री ४ सय ९७ र धर्मराज पाण्डे ४ सय ४५ मत प्राप्त गर्नुभएको छ।
खुला युवातर्फ शिव भट्टराई ८ सय २९ र झबिन्द्र पाण्डे ७ सय ८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँहरूका निकटतम प्रतिद्वन्द्वी मनोज गौतमले २ सय १४ मत प्राप्त गर्नुभएको छ।
खस आर्य खुलातर्फ चुरबहादुर खत्री ५ सय १०, चुरामणि भण्डारी ४ सय १२ र उदयबहादुर थापा ३ सय ७७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।
खस आर्य महिलातर्फ कल्पना पन्थी ७ सय ३६ र निर्मला केसी ६ सय ५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।
अन्य क्लस्टरतर्फ श्रमिकमा रेशम कुँवर, पेशागत विषयविज्ञमा ई. सन्तोष कुँवर, युवा अपाङ्गतातर्फ हरि भट्टराई तथा समानुपातिक आदिवासी जनजाति खुलातर्फ प्रकाश बुढाथोकी निर्वाचित हुनुभएको छ।
यसअघि खुला महिलातर्फ विष्णुकुमारी सापकोटा, सुनिता जिसी कुँवर, कल्पना घिमिरे र लक्ष्मी पाण्डे निर्विरोध निर्वाचित भइसक्नुभएको छ।
त्यस्तै युवा क्लस्टरतर्फ अधिवक्ता पार्वती कुँवर, दलित महिलातर्फ सामिपा सुनार, दलिततर्फ शेरबहादुर विश्वकर्मा, दलित खुलातर्फ रमेश विश्वकर्मा र रमेश परियार तथा सहिद परिवारतर्फ शिवबहादुर खत्री पनि निर्विरोध निर्वाचित हुनुभएको छ।
ओझेलका खबर – खबर भित्रको खबर
मिति : १८ असोज २०८३
पोष्ट समय : बिहान ०९ बजे ।
………………………………………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव तथा मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









