रिडी–तम्घास सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरो तथा ढुंगामाटो हटाएर सडक सुचारु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार , रिडी–तम्घास सडकखण्डका विभिन्न स्थानमा अविरल वर्षाका कारण खसेको पहिरो तथा ढुंगामाटो हटाएपछि सडक सुचारु गरिएको हो।
रुरु गाउँपालिका–३, खन्यारुखमा भने खसेको पहिरो हटाउन स्काभेटरले काम गरिरहेको छ। सो स्थानमा पहिरो हटाउने काम भइरहेकाले तत्कालका लागि वैकल्पिक रूपमा पानी ट्यांकी हुँदै थोर्गाको बाटो प्रयोग गर्नुपर्ने अवस्था रहेको छ।
यता, तम्घास–रिडी सडकखण्डका विभिन्न स्थानमा अझै पनि ढुंगामाटो खस्ने तथा पहिरो जाने जोखिम कायमै रहेको छ।
त्यसैगरी, सडक आसपासका क्षेत्रमा बिजुलीका पोल तथा तारहरू सडकमा लत्रिएको अवस्था रहेकाले यात्रु तथा सवारी चालकलाई विशेष सुरक्षा सावधानी अपनाउन अनुरोध गरिएको त्यस कार्यालयका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक पर्वत कुमार केसीले पठाएको विवरणमा उल्लेख छ ।
सडक सुचारु भए पनि वर्षा जारी रहेकाले जुनसुकै बेला पहिरो तथा ढुंगामाटो खस्न सक्ने अवस्था रहेकाले अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भएमा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।
खबर भित्रको खबर :
सडक खुलेको छ, तर घाम लाग्यो भन्दैमा ढुक्क हुने अबस्था छैन लामो झरी पछि पनि पहिरो जाने जोखिम हुन्छ । पहिरो खस्ने र बिजुलीका तार सडकमा लत्रिएको अवस्थाले यात्रामा थप जोखिम निम्त्याउन सक्ने भएकाले सावाधानी पुर्वक यात्रा गरौ ।
…………………….
मिति : २०८३/०६/१२
पोष्ट समय : दिउँसो १. ५५
ओझेलका खबर – खबर भित्रको खबर
…………………….
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







