Smoking Causes Cancer

होटल व्यवसायी महासंघको राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु



ओझेलका खबर
३ घण्टा अगाडि


Place for ads

हिजो ४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) सँग जोड्ने उद्देश्यले एकवर्षे ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ सुरु गरेको छ।

बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसहित पर्यटन तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागितामा महा संघले यस्तो अभियानको शुभारम्भ गरेको हो ।

कार्यक्रममा सचिव सुवेदीले साना तथा मझौला होटल व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि र व्यावसायिक सशक्तीकरण आवश्यक रहेको बताउँदै अभियानलाई मन्त्रालयको साथ, सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

सिंचाई
Forest
Ad.

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठले अभियानलाई प्रदेश तथा जिल्ला तहसम्म विस्तार गर्न सहकार्यका लागि आफूहरू तयार रहेको बताउनुभयो। नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले पनि होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि महासंघसँग सहकार्य गर्ने धारणा व्यक्त गर्नुभयो।

महासंघका अनुसार अभियानअन्तर्गत Google Business Profile तथा Google Maps, अनलाइन बुकिङ तथा OTA, होटल व्यवस्थापन प्रणाली (PMS), डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यावसायिक प्रयोग, QR Payment, ग्राहक समीक्षा व्यवस्थापन, डिजिटल सुरक्षा तथा AI को व्यावहारिक प्रयोग सम्बन्धी तालिम सञ्चालन गरिनेछ।

सातै प्रदेश, जिल्ला तथा आबद्ध संघ–संस्थाको सञ्जालमार्फत अभियानलाई दूरदराजका होटल तथा रेस्टुरेन्ट व्यवसायीसम्म पुर्‍याउने महासंघले जनाएको छ।
विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यमा रहेका व्यवसायलाई डिजिटल बजारसँग जोड्दै अनलाइन माध्यमबाट ग्राहक पहुँच र व्यावसायिक अवसर विस्तार गर्ने अभियानको लक्ष्य छ।

महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’को नेतृत्वमा सुरु भएको अभियानलाई पहिलो कार्यचक्रका रूपमा आगामी एक वर्ष देशभर सञ्चालन गरिने जनाइएको छ।
एक दिनको कार्यक्रम होइन—वर्षभरि चल्ने अभियान।
विश्व पर्यटन दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी होटल तथा रेस्टुरेन्ट व्यवसायको वास्तविक डिजिटल रूपान्तरणमा जोड दिने महासंघका अध्यक्ष भण्डारीले बताउनु भयो ।
मिति : २०८३/०६/१२
ओझेलका खबर – खबर भित्रको खबर 
………………………………………..

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो