मौसममा आएको परिवर्तन र आगामी केही दिनसम्म मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभर रातिको समयमा अत्यावश्यक बाहेकका सवारी साधन आवतजावतमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कमल सेन ओलि द्वारा हस्ताक्षरित विज्ञप्तिमा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बाढी तथा पहिरोले सडकखण्ड अवरुद्ध हुन सक्ने र मानवीय क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिको बैठकले यो निर्णय गरेको उल्लेख छ ।निर्णय अनुसार असोज ९ गतेदेखि असोज १२ गतेसम्म हरेक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काम बाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साथै, प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्नसमेत आग्रह गरेको छ।
आपत्कालीन अवस्थामा सम्पर्क नम्बरहरू:
सूचना अधिकारी (जिल्ला प्रशासन कार्यालय, गुल्मी): ९८५७०७९०११विपद् सम्बन्धी सूचना, गुनासो र सुझावका लागि: १२३४
नेपाल प्रहरी: १००
सशस्त्र प्रहरी बल: १११४
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |



