Smoking Causes Cancer

हजुरबुवाको मलामी हिडेका गुल्मीका ज्ञानबहादुर मृत फेला



ओझेलका खबर
५ घण्टा अगाडि


Place for ads

​गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ दिगामचौरका ३१ वर्षीय ज्ञानबहादुर कुमाल बागलुङमा मृत अवस्थामा फेला परेका छन्। मावली हजुरबुवाको निधन भएपछि मलामी आएका उनी बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर नजिकैको सामुदायिक वन क्षेत्रमा मृत भेटिएका हुन्।

​प्रहरीका अनुसार गत असोज ४ गते मावली हजुरबुवाको निधन भएपछि उनी काजकिरिया र मलामीका लागि सिमलचौर आएका थिए। त्यसको भोलिपल्ट घाँस काट्न जान्छु भनी निस्किएका कुमाल एकाएक बेपत्ता भएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए।

​आफन्तको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा उनको शव भिरमुनि फेला परेको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक डम्बरबहादुर बोहराले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

​प्रारम्भिक अनुसन्धान र शवको प्रकृति हेर्दा असोज ५ गते नै भिरबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। 
मिति : २०८३ असोज ९ गते
ओझेलका खबर — खबरभित्रको खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो