Smoking Causes Cancer

८ करोड बढी बिगो भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



ओझेलका खबर
६ घण्टा अगाडि


Place for ads

काठ्माण्डौ  ।​करिब आठ करोड ४२ लाख रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय ठहर भई फरार रहेका एक जना प्रतिवादीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

​पक्राउ पर्नेमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ३२ बस्ने ४८ वर्षीय शेरबहादुर मगर रहेका छन्।

​रामु खड्का समेतको जाहेरीले नेपाल सरकार वादी रहेको १२ वटा बैंकिङ कसुर सम्बन्धी मुद्दामा उच्च अदालत पाटन, भक्तपुर जिल्ला अदालत र काठमाडौँ जिल्ला अदालतको विभिन्न मितिको फैसलाले मगरलाई २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार एक सय रुपैयाँ जरिवाना ठहर गरेको थियो।

सिंचाई
Forest
Ad.

​सजाय सुनाइएपछि फरार रहँदै आएका मगरलाई प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ललितपुर महानगरपालिका वडा नं. १० स्थित स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमहल उपस्थित गराइएको छ।

​प्रहरीका अनुसार निज प्रतिवादी उपर विभिन्न प्रहरी कार्यालय तथा अदालतहरूमा कुल ८ करोड ४२ लाख ३६ हजार रुपैयाँ बिगो रकम बराबरका १२ वटा बैंकिङ कसुर तथा चेक अनादर सम्बन्धी मुद्दाहरू दर्ता रहेका छन्।

​सो सम्बन्धी जानकारी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
मिति : २०८३ असोज ९ गते
ओझेलका खबर — खबरभित्रको खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो