बाबुराम गौतम
बुटवल । तिनाउ नदीले जलसतहको सतर्कता तह पार गरेको छ। शुक्रबार असोज ९ गते बिहान ११ः३० बजे बुटवल जलमापन केन्द्रमा तिनाउ नदीको जलसतह सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तिनाउ नदीको जलसतह अझै बढ्दो क्रममा रहेको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै नदीतटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई आइतबार असोज ११ गते बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।
महाशाखाले नदीको बहाव बढिरहेको अवस्थामा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सम्भावित डुबानबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
मिति : २०८३ असोज ९ गते
ओझेलका खबर — खबरभित्रको खबर
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







