Smoking Causes Cancer

देशभर आजः यी  हुन  मुख्य समाचार 



ओझेलका खबर
१० मिनेट अगाडि


Place for ads

दाहाललाई  रिहा  गर्न  सर्वोच्चको  आदेश 

सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहालका पछिल्ला अभिव्यक्तिलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको शान्तिपूर्वक प्रयोग भनेको छ। संविधान र कानूनविरुद्ध हिंसात्मक आन्दोलनको आह्वान गरेको नदेखिएको भन्दै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार नभएको ठहर गर्दै दाहाललाई साधारण तारिखमा छाड्न आदेश दिएको हो।

एक अर्ब तीन करोडको हुण्डी कारोबारको आरोपमा एक पक्राउ
सुनसरी प्रहरीले करिब एक अर्ब तीन करोड रुपैयाँको हुण्डी कारोबार गरेको आरोपमा धरानकी ज्योति शाहीलाई पक्राउ गरेको छ। सीआईबीका अनुसार शाहीले ‘शाही मनी ट्रान्सफर’का नाममा ५२ वटा बैंक खाता प्रयोग गरी कारोबार गरेको खुलेको छ।

सिंचाई
Forest
Ad.

ग्यास अभाव कायमै, उपभोक्ताको सास्ती उस्तै
खाना पकाउने ग्यासको अभाव समाधान गर्ने सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै बजारमा अझै अभाव देखिएको छ। तराईतर्फ जाने ग्यास काठमाडौं डाइभर्ट गरेर आपूर्ति सहज बनाउने प्रयास भए पनि उपत्यकामा मागअनुसार ग्यास भित्रिन नसकेको जनाइएको छ।
लगातारको वर्षापछि सतर्क रहन प्रशासनको आग्रह
लगातारको वर्षाका कारण विभिन्न जिल्ला प्रशासन कार्यालयले नदी किनार तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। साथै लामो तथा अनावश्यक यात्रा नगर्न र सम्भावित जोखिमप्रति सचेत रहन अपिल गरिएको छ।

ताप्लेजुङको दोभानमा भीषण आगलागी, १० घर जले
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा भीषण आगलागी हुँदा १० घरमा क्षति पुगेको छ। विद्युत् सर्टबाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी आए पनि क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो