स्याङ्जा जीप दुर्घटना : एकको मृत्यु, ११ जना घाइते
स्याङ्जाको भीरकोट नगरपालिका–१, करुङमा विवाह भोजबाट फर्किँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ११ जना घाइते भएका छन्।
यसअघि १० जना घाइते भएको प्रारम्भिक विवरण आएकोमा उपचारका क्रममा पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
मेघाबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जीप करुङतला–इमिलीनजिकबाट सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






