जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले स्वरूप परिवर्तन गरी चर्को आवाज र ध्वनि प्रदूषण गर्ने दुई वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
मिति २०८३ असोज ०७ गते तम्घासमा सञ्चालन गरिएको संयुक्त ट्राफिक चेकिङका क्रममा लु.प्र.-०१०१० प ३३२० र लु ४४ प ५२६४ नम्बरका मोटरसाइकलहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले ती मोटरसाइकलहरूलाई साविककै अवस्था (यथावस्था) मा फर्काउन लगाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कारबाही गरी छाडेको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय गुल्मीले मोटरसाइकलको साइलेन्सर पाइप परिवर्तन गरी पड्किएको आवाज निकाल्ने र आगोको झिल्का समेत निकालेर अशान्ति फैलाउने सवारी साधनहरू देखेमा नजिकैको प्रहरी कार्यालय, नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको १०३ मा जानकारी गराउन अनुरोध गरेको छ। सूचना दिने व्यक्तिको परिचय पूर्ण रूपमा गोप्य राखिने प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






