Smoking Causes Cancer

बाढीले थला पारेका पर्यटन व्यवसायीको पुनःस्थापनामा पहल : होटल व्यवसायी महासंघद्वारा क्षतिको विवरण FNCCI लाई हस्तान्तरण



ओझेलका खबर
१७ मिनेट अगाडि


Place for ads

काठमाडौँ । तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा होटल, रेस्टुरेन्ट तथा खाजाघर व्यवसायमा ठूलो क्षति पुगेपछि प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि होटल व्यवसायी महासंघ नेपालले पहल थालेको छ।
महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ ले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन समितिका पदाधिकारीसँग भेट गरी बाढीबाट प्रभावित होटल तथा साना पर्यटन व्यवसायीको प्रारम्भिक क्षतिको विवरण र नामावली बुझाउनुभएको छ।
छलफलमा प्रभावित व्यवसायीका लागि विशेष आर्थिक पुनरुत्थान प्याकेज र अनुदान, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनःसंरचना तथा ब्याजमा सहुलियत, बिमा दाबीको तत्काल भुक्तानी र बिमाको पहुँचबाहिर रहेका ग्रामीण क्षेत्रका साना व्यवसायीलाई क्षतिको आधारमा आर्थिक सहयोग गर्नुपर्ने माग राखिएको महासंघले जनाएको छ।

FNCCI अध्यक्ष श्रेष्ठ तथा पर्यटन समितिले मागप्रति समर्थन जनाउँदै प्रभावित पर्यटन व्यवसायीको पुनःस्थापना, बिमा दाबी भुक्तानी तथा वित्तीय सहुलियतका लागि सरकार र नेपाल राष्ट्र बैंकसँग पहल गर्ने प्रतिबद्धता जनाएको महासंघको भनाइ छ।

राहतपछि अब पुनःस्थापनाको प्रश्न उठेको भन्दै महासंघले प्रभावित व्यवसायी पूर्ववत् अवस्थामा नफर्किएसम्म पहल जारी राख्ने जनाएको छ।

सिंचाई
Forest
Ad.


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो