रुपन्देहीको सिद्धार्थनगर–७ विद्यापथमा प्रहरीले पेस्तोल र ४ राउण्ड गोलीसहित ४४ वर्षीय अजय चौधरीलाई नियन्त्रणमा लिएको छ।
सियारी–२ निवासी चौधरीले चोरीका मोटरसाइकललाई नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा उनको साथबाट टाइप–५४ जस्तो देखिने पेस्तोल १ थान, गोली ४ राउण्ड, एउटै फोटो भएको ब्लुबुक २ थान र भारतीय आधारकार्ड ४ थान बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद सामग्रीसहित चौधरीलाई कानुनबमोजिम नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






