बाबुराम महत
गुल्मी, असोज १ । गुल्मीको धुर्कोट गाउँपालिका–२, पिपलधारामा घर भई विश्वका विभिन्न देशमा रहेका युवाहरूको साझा सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति (विश्वसञ्जाल) को ७औँ केन्द्रीय अधिवेशन अनलाइनमार्फत सम्पन्न भएको छ।
समितिको १४३औँ अनलाइन बैठक तथा ७औँ केन्द्रीय अधिवेशनले मलेसियामा रहेका केशवराज घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरि शर्मा, द्वितीय उपाध्यक्षमा युवराज खड्का, महासचिवमा पुष्कर खड्का, सचिवमा प्रेमसागर विश्वकर्मा, सहसचिवमा नवीन महत, कोषाध्यक्षमा बाबुराम खड्का र सहकोषाध्यक्षमा नारायण शर्मा चयन भएका छन्।
संगठन विभाग प्रमुखमा अर्जुन महत तथा सह–प्रमुखमा पुरन थापा चयन भएका छन्। त्यस्तै, मौरिसस संयोजकमा मोहन खड्का र कोरिया संयोजकमा हरि थापा चयन भएका छन्।
विभिन्न देश तथा क्षेत्रको जिम्मेवारीअन्तर्गत गल्फ संयोजकमा ज्ञानबहादुर खड्का, प्रवास संयोजकमा विष्णु शर्मा, जापान संयोजकमा सुभाष महत, भारत संयोजकमा तेजेन्द्र घिमिरे, सांस्कृतिक संयोजकमा गिरिजा थापा, सूचना तथा सञ्चार संयोजकमा प्रशान्त खनाल, दुबई संयोजकमा सुनील परियार, पोर्चुगल संयोजकमा सतीष खनाल र मलेसिया संयोजकमा भुवन केसी चयन भएका छन्।
त्यस्तै, शिक्षा तथा स्वास्थ्य, स्थानीय तथा नेपाल संयोजकलगायत विभिन्न जिम्मेवारीमा समेत पदाधिकारी तथा सदस्य चयन गरिएको जनाइएको छ। संस्थाको सल्लाहकार समिति २३ सदस्यीय रहेको बताइएको छ।
२०७१ सालमा स्थापना भएको यस संस्थाले लामो समयदेखि पिपलधारा क्षेत्रको सामाजिक, शैक्षिक तथा सेवामूलक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको जनाइएको छ।
संस्थाले पिपलधारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण, गणेश माध्यमिक विद्यालयमा प्लस टु सञ्चालनका लागि आर्थिक तथा भौतिक सहयोग, शैक्षिक सामग्री वितरण, असहाय, गरिब तथा पीडितलाई सहयोग, सचेतनामूलक होर्डिङ बोर्ड स्थापना तथा विभिन्न देशमा रहेका सदस्यबीच नेटवर्क निर्माणलगायतका काम गर्दै आएको जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









