Smoking Causes Cancer

रुपन्देही प्रहरी द्वारा भन्सार छलीका सामान बरामद



ओझेलका खबर
३ घण्टा अगाडि


Place for ads

बुटवल । रुपन्देहीमा प्रहरीले भन्सार छली चोरी पैठारी गरिएका करिब २ लाख रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २०८३ साउन २० गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली चोरी पैठारी गरिएका १ लाख ९८ हजार ६० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बसपार्क क्षेत्रबाट ५७ हजार ५८० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ।
बरामद सामानमा फेन्सी क्रिम १,१४० पत्ता, दाँत माझ्ने मञ्जन ३६ पिस, साडी १२ पिस, चिनी ४० केजी, तिल मिठाई ४० केजी र कुरकुरे/लेज ३० प्याकेट रहेका छन्।

त्यस्तै, ओमसतिया गाउँपालिका–१, कटैयाबाट १ लाख ६० हजार ५०० रुपैयाँ बराबरका ३० पिस साडी तथा ३७ पिस लेडिज कुर्ती सुरुवाल बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो