Smoking Causes Cancer

आईजीपी कार्कीको गाउँमा श्रीमती संघ र स्वास्थ्यकर्मी: घमिरमा विशेषज्ञसहित स्वास्थ्य शिविर



प्रेम सुनार
५ मिनेट अगाडि


Place for ads

गुल्मी, असार ७: गुल्मीको मालिका गाउँपालिका-७, घमिरमा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जन्मथलो घमिरस्थित स्वास्थ्य चौकीमा आयोजित शिविरको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले उद्घाटन गर्नुभएको हो।

आईजीपी कार्कीकी धर्मपत्नीसमेत रहनुभएकी अध्यक्ष कार्कीलाई गाउँवासीले सरकारी जिम्मेवारीमा रहेकी व्यक्तिका रूपमा भन्दा पनि घमिरकी बुहारीका रूपमा आत्मीय स्वागत गरेका थिए।

सिंचाई
Forest
Ad.

“हर प्रहर, गाउँ र नगरी ! टोलटोलमा नेपाल प्रहरी !!” भन्ने मूल नारासहित सञ्चालन गरिएको शिविरमा सबै प्रकारका रोगका वरिष्ठ विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको थियो।

नेपाल प्रहरी श्रीमती संघ महिला विकास केन्द्र, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको संयुक्त आयोजनामा भएको शिविरमा स्थानीयले स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा पाएका छन्।

Awareness by SKF

अध्यक्ष कार्कीले विकट गाउँका वृद्धवृद्धा, महिला तथा लामो समयदेखि स्वास्थ्य समस्या सहँदै आएका नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको बताउनुभयो। विशेषगरी पाठेघरसम्बन्धी समस्यासहित महिलाका स्वास्थ्य समस्या खुलेर राख्न आग्रह गर्नुभयो।

शिविरमा औपचारिक कार्यक्रमभन्दा बढी बिरामीको समस्या सुन्न र सेवा प्रवाहमा जोड दिइएको थियो। संघका लुम्बिनी प्रदेश अध्यक्ष पूजा खत्री, संघका केन्द्रीय कोषाध्यक्ष राधिका भण्डारी ज्ञवाली लगायत स्वास्थ्यकर्मीहरू बिरामीसँग प्रत्यक्ष बसेर समस्या बुझिरहेका थिए।

लुम्बिनी प्रदेश प्रहरी अस्पतालले ठूलो परिमाणमा औषधि उपलब्ध गराएको छ। शिविर सुरु भएसँगै औषधि वितरण कक्षमा स्थानीयको भीड लागेको थियो।

मालिका–७ का वडाध्यक्ष हिराबहादुर कार्कीले आईजीपी दानबहादुर कार्कीको गाउँलाई सम्झेर सेवा कार्यक्रम ल्याइएकोमा घमिरवासीको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमकिरण बोगटी, लुम्बिनी प्रदेश प्रहरी बाँकेका एसपी डाक्टर अच्युतविक्रम हमाल, डीएसपी र इन्स्पेक्टर तहका डाक्टर क्रमशः अस्कल देवकोटा, नारायण अधिकारी, उमा श्रेष्ठ र नीतु भण्डारी लगायतका स्वास्थ्यकर्मीहरू खटिएका थिए। डाक्टर हमालका अनुसार साँझसम्म तीन सय बढी सेवाग्राहीले स्वास्थ्य सेवा पाएका छन्। संघकी अध्यक्ष कार्कीले शिविरमा खटिएका स्वास्थ्यकर्मी, घमिर स्वास्थ्य चौकी र वडा कार्यालयलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो। त्यस्तै, प्रदेश अस्पताल नेपालगञ्जले संघलाई मायाको चिनो प्रदान गरेको थियो।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक डाक्टर विशाल थापाले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →