Smoking Causes Cancer

Awareness Campaign

जेठ ९ गते वामीटक्सारमा मुसिकोट कला केन्द्रको समुद्घाटन हुँदै, सांस्कृतिक संरक्षणमा नयाँ उत्साह



रामकृष्ण कंडेल
४ घण्टा अगाडि


Awareness

Place for ads

वामीटक्सार: स्थानीय स्तरमा कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको मुसिकोट कला केन्द्रको समुद्घाटन कार्यक्रम यही जेठ ९ गते शनिबार आयोजना हुने भएको छ।

मुसिकोट नगरपालिका ७, वामीटक्सार स्थित चाकुधारामा बिहान ११:३० बजे हुने उक्त कार्यक्रममा कला प्रेमी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा केन्द्रका सञ्चालक लक्ष्मण भण्डारीले ओझेलका खबर संग कुराकानी गर्दै कला केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य स्थानीय स्तरमै लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्नु रहेको बताए।उनका अनुसार, “हाम्रो समाजमा धेरै प्रतिभाशाली कलाकारहरू हुनुहुन्छ, तर अवसरको अभावले उनीहरू अगाडि आउन सक्नुभएको छैन। यो कला केन्द्रले त्यस्ता प्रतिभालाई प्रशिक्षण, मञ्च र पहिचान दिने काम गर्नेछ।”

सिंचाई
Forest
Ad.

भण्डारीले आधुनिक तथा परम्परागत लोक नृत्यकलाको संरक्षण, प्रशिक्षण र प्रवर्द्धन केन्द्रको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै यसले स्थानीय सांस्कृतिक अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले सबै सरोकारवाला, कला प्रेमी तथा स्थानीय बासिन्दालाई कार्यक्रममा सहभागी भई सहयोग र सुझाव दिन आग्रह समेत गरेका छन।

कार्यक्रममा सहभागी हुने महानुभावहरूको उपस्थितिले नवोदित प्रतिभाहरूलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ।यस प्रकारको पहलले नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा दीर्घकालीन योगदान पुग्ने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो