Salime Malika Krishi Farm

Awareness Campaign

लाश सनाखत भएको स्थानमा मन्दिर स्थापना



प्रेम सुनार
२ घण्टा अगाडि


Awareness

Place for ads

गुल्मी । गुल्मीको मदाने गाउँपालिका-७, रोल्मास्थित तिखिचुली टापु—जहाँ पहिले एक रहस्यमय मृत्युको सन्नाटा थियो, आज त्यही थलो श्रद्धा र आस्थाको केन्द्र बनेको छ।

नवनिर्मित मनकामना मन्दिरमा आज विधिवत् प्राण प्रतिष्ठा सम्पन्न भएसँगै यस क्षेत्रले नयाँ पहिचान पाएको छ।

स्थानीय दलित अगुवा टीका परियारका लागि यो परिवर्तन केवल विकासको कथा होइन—व्यक्तिगत स्मृतिसँग गाँसिएको अनुभूति हो।

सिंचाई
Forest
Ad.

उनी भन्छन्, “म सानो हुँदा बुवासँग यहाँ आएको थिएँ। यहीँ एक जनाको रहस्यमय मृत्यु भएको थियो र सल्लीपिरले जलाइएको थियो। पछि सिमेन्टको खम्बा बनाएर झण्डा गाडियो। आज त्यही ठाउँमा मन्दिर स्थापना हुँदा मलाई गर्व लागेको छ।”

उनका अनुसार करिब ५० वर्षअघि घटेको त्यो घटना आज इतिहास बनेको छ, र त्यही इतिहासमाथि नयाँ अध्याय लेखिएको छ।

स्थानीय बूढापाकाहरू पनि समयको यो परिवर्तन देखेर अचम्मित छन्। उनीहरू सम्झन्छन्, “हिजो लाश जलाउने र गाई चराउने सुनसान डाँडो थियो। आज यही ठाउँ मन्दिर, जिपलाइन र साइक्लिङसहितको पर्यटकीय गन्तव्य बन्छ भनेर हामीले कल्पना समेत गरेका थिएनौँ।”

Awareness by SKF

आज सम्पन्न उद्घाटन कार्यक्रम मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले गरेका हुन्।

उनलाई सदरमुकाममा अर्को कार्यक्रममा जानु परेकाले उद्घाटनपछि कार्यक्रमको नेतृत्व उपाध्यक्ष सरिता खड्काले सम्हालिन्।

उपाध्यक्ष खड्काले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, “यस क्षेत्रको पर्यटन विकासमा योगदान दिने पूर्व वडाध्यक्ष काशीबहादुर बोहरा, पूर्व पालिका अध्यक्ष दानबहादुर केसी, वर्तमान अध्यक्ष लगायत सबै जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद दिन चाहन्छु। अझै यहाँ धेरै विकास गर्न बाँकी छ।”

वडाध्यक्ष सन्तोष केसीले पनि पूर्व जनप्रतिनिधिहरूको योगदानप्रति सम्मान प्रकट गरे।

तिखिचुली पर्यटन विकास तथा मनकामना मन्दिर संरक्षण समितिका अध्यक्ष खिमबहादुर केसीका अनुसार हालसम्म तीन करोड रुपैयाँभन्दा बढी लगानीमा पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ।

औपचारिक कार्यक्रमपछि भजन–कीर्तन सुरु गरिएको थियो।

बिहान सयौँको उपस्थितिबाट सुरु भएको कार्यक्रम साँझसम्म आइपुग्दा हजारौँको भीडमा परिणत भयो।

यसले स्थानीय व्यापारीलाई समेत राम्रो आम्दानी दिलाएको छ।

मन्दिरका मूल पुरोहित नारायण पौडेलका अनुसार मनकामना देवीको इतिहास १८औँ शताब्दीसम्म जोडिन्छ।

उनी भन्छन्— “गोरखाका राजा राम शाहकी रानीमा देवी अवतरण भएपछि मनकामना मन्दिर स्थापना गरिएको हो। आज त्यही आस्थाको निरन्तरता यहाँ पनि स्थापित भएको छ।”

मदानेमा भने यो पहिलो पटक मनकामना मन्दिर स्थापना गरिएको हो।

भोलि बिहान पहिलो पाठा बलि चढाइने कार्यक्रम तय गरिएको छ। साथै स्थानीय आरन व्यवसायीहरूले खुँडा, तरबार र खुकुरी जस्ता हातहतियार मन्दिरमा अर्पण गर्ने भएका छन्।

एक समय सन्नाटा र रहस्यले ढाकिएको यो थलो— आज आस्था, पर्यटन र सम्भावनाको उज्यालो केन्द्र बनेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →