Salime Malika Krishi Farm

Awareness Campaign

नेपालीका सामु इरानी- तब न राष्ट्रियता, एकता!



ओझेलका खबर संवाददाता
२ हप्ता अगाडि


Awareness

Place for ads

विश्वको अर्को कुनामा युद्धको डिलमा उभिएको एउटा देश, इरान। जहाँ सत्ता, विचारधारा र अन्तर्राष्ट्रिय दबाबबीच नागरिकहरू नै ढाल बनेर उभिन्छन्।

अर्कोतर्फ, शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की—“सभ्यता नै अन्त्य हुन्छ”—जस्तो कठोर भाषा।

तर दृश्य के देखियो?
राजनीति फरक, विचार फरक, वर्ग फरक—तर देश एउटै भएपछि इरानी जनता मानव साङ्लो बने।
– उता इरानमा…
ऊर्जा केन्द्र जोगाउन नागरिक आफैं अघि सरे
१ करोड ४० लाख मानिस लड्न तयार
पुल, विद्युत् गृह, आणविक केन्द्र वरिपरि मानव साङ्लो
“राजनीति पछि, राष्ट्र पहिला” भन्ने व्यवहारिक उदाहरण

सिंचाई
Forest
Ad.

त्यहाँ कसैले सोधेन्—
“तिमी कुन पार्टीको ?”
“तिम्रो जात के ?”
“तिमी सत्ता पक्ष कि विपक्ष ?”
त्यहाँ केवल एउटा प्रश्न थियो—
-देश जोगाउने कि नजोगाउने ?
-अनि यता हाम्रो वास्तविकता—नेपाल

यहाँ राष्ट्रियता भाषणमा हुन्छ, व्यवहारमा हराउँछ।
दल अनुसार देशभक्ति मापन हुन्छ
सत्ता अनुसार राष्ट्रप्रेम बदलिन्छ
आन्दोलन पनि स्वार्थ अनुसार उठ्छ र बस्छ
नेताहरूको राष्ट्रियता:
– सत्ता हुँदा “देश ठीक छ”
-सत्ता बाहिर हुँदा “देश संकटमा छ”

जनताको एकता:
– चुनावमा टुक्रिन्छ
– जात, धर्म, क्षेत्रले चिरिन्छ
यदि आज नेपालमा यस्तै संकट आयो भने—
के हामी ऊर्जा केन्द्र जोगाउन मानव साङ्लो बन्छौं ?
कि फेसबुकमा स्टाटस लेखेर देश बचाउँछौं ?

निष्कर्ष:
इरानमा युद्धको त्रासले नागरिकलाई एक बनायो।
नेपालमा शान्तिले नै हामीलाई टुक्र्याइरहेको छ।
– साँचो राष्ट्रियता नारामा होइन, संकटमा देखिन्छ।
– एकता भाषणले होइन, बलिदानले प्रमाणित हुन्छ।
त्यसैले—“तब न राष्ट्रियता, ए एकता !”

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो