Smoking Causes Cancer

जानकी साहित्य पुरस्कार -२०८२ काशीनाथ मिश्रितलाई प्रदान गरिने



ओझेलका खबर
४ महिना अगाडि


Place for ads

गुल्मी — किरण पुस्तकालय, तम्घासद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘जानकी साहित्य पुरस्कार–२०८२’ कवि तथा निबन्धकार काशीनाथ मिश्रितलाई  प्रदान गरिने भएको छ।
जानकी साहित्य पुरस्कार छनोट समितिको निर्णयअनुसार नेपाली कविता तथा हास्यव्यंग्य निबन्ध विधामा पुर्‍याएको योगदानको कदरस्वरूप रुरुक्षेत्र गाउँपालिका – ५ बम्घा निवासी मिश्रितलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
किरण पुस्तकालयका अनुसार साहित्यमा रुचि राख्ने स्व. जानकी नबाली गौतमको स्मृतिमा २०७३ सालमा स्थापना गरिएको यो पुरस्कार प्रत्येक वर्ष गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने वा जिल्लासँग सम्बन्धित साहित्यकारलाई प्रदान गरिँदै आएको छ।
यसअघि उक्त पुरस्कार सूर्यबहादुर सेन ओली, भागीरथी श्रेष्ठ, रामप्रसाद पन्त, नारद गौतम, हृद ज्वाली, हरिप्रसाद भण्डारी, ठाकुरप्रसाद भण्डारी तथा डा. टंक पन्थले प्राप्त गरिसकेका छन्।
किरण पुस्तकालय, तम्घासका कार्यबाहक अध्यक्ष दीन पन्थीद्वारा जारी विज्ञप्तिमा पुरस्कार वितरण मोतीजयन्तीका अवसरमा गरिने जानकारी दिइएको

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो