Salime Malika Krishi Farm

Awareness Campaign

रेसुंगामा अवैध रूपमा सञ्चालित ‘पौवा रिसोर्ट’ खाली गराउन माग तीव्र



ओझेलका खबर
२ घण्टा अगाडि


Awareness

Place for ads

चैत ९, गुल्मी — गुल्मीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रेसुङ्गा तपोभूमिमा धर्मशाला भवनभित्र अवैध रूपमा सञ्चालन हुँदै आएको ‘पौवा रिसोर्ट’ तत्काल खाली गराउन सरोकारवालाहरूले माग तीव्र बनाएका छन्।

काठमाडौंस्थित अधिकृत समाज गुल्मी लगायतका सरोकारवालाहरूले यस्तो माग अघि सारेका हुन्।  काठमाडौंमा आयोजित गुल्मी घर भएका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रमका क्रममा गृहमन्त्री, प्रहरी महानिरीक्षक तथा सांसदहरूको ध्यानाकर्षण गराउँदै उनीहरूले धर्मशाला खाली गराउन पहल गर्न आग्रह गरेका छन्।

सरोकारवालाका अनुसार सर्वोच्च अदालतले धर्मशाला खाली गराउने सम्बन्धमा आदेश दिएको झण्डै एक वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको छ।

सिंचाई
Forest
Ad.

गुल्मीका सरोकारवाला कृष्णबहादुर कुँवरका अनुसार अदालतको आदेश कार्यान्वयनमा ढिलाइ हुँदा रेसुङ्गा क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्वमा असर परेको छ ।

रेसुङ्गा नगरपालिकाले २०७६ मंसिर १ गते धर्मशाला प्रयोजनका लागि निर्माण गरिएको भवन ‘होटल पौवा प्रा.लि., दाङ’ लाई भाडामा दिने सम्झौता गरेको थियो। उक्त सम्झौताविरुद्ध गुल्मीका अधिवक्ता देवीप्रसाद रिजाललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतले सो सम्झौता बदर गर्ने फैसला गरिसकेको छ।
यद्यपि, केही दिनअघि गृह मन्त्रालयअन्तर्गतको फैसला कार्यान्वयन शाखाबाट जिल्ला प्रशासन कार्यालय गुल्मी र रेसुङ्गा नगरपालिकालाई उक्त फैसला कार्यान्वयन गर्न पत्राचार भए पनि हालसम्म रिसोर्ट खाली गराउने काम अघि बढ्न सकेको छैन।

दुवै निकायले लिखित तथा मौखिक निर्देशन दिए पनि ‘होटल पौवा प्रा.लि.’ ले अटेरी गर्दै आएको आरोप छ।
स्थानीयवासीले अवैध सम्झौता खारेज गरी धर्मशाला स्थानीय तहकै सहभागितामा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्।

Awareness by SKF

उनीहरूले रेसुङ्गा क्षेत्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यसको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
सरोकारवालाहरूले धर्मशाला तत्काल खाली गराई स्थानीय समुदायको सहभागितामा व्यवस्थापन गर्न माग गर्दै अन्यथा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो