Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको रानिबासमा गोठ जलेर , पूर्ण रूपमा नष्ट



ओझेलका खबर
२ घण्टा अगाडि


Awareness

Place for ads

चैत्र-९ ,गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ रानीबासको एक गोठमा आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आज बिहान करिब ८:३० बजे स्थानीय कपिल श्रेष्ठको टिनले छाएको एकतले गोठमा दाना पकाउने क्रममा अचानक आगलागी भएको हो।
आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै भित्र रहेको दाना र काठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
उक्त आगोले सोही स्थानका गिरिप्रसाद श्रेष्ठको सँगै जोडिएको घरको पालीमा सामान्य क्षति पुगेको छ।
घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ।
आगो स्थानीयवासी र प्रहरी चौकी रुरुबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर विश्वकर्माको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो