Smoking Causes Cancer

पाल्पामा ट्र्याक्टर चोरी गर्ने व्यक्ति पक्राउ



ओझेलका खबर
६ महिना अगाडि


Place for ads

गुल्मी , चैत्र -५ । पाल्पामा पार्किङ गरी राखिएको ट्र्याक्टर चोरी गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार २०८२ मंसिर २ गते तानसेन नगरपालिका–७ काजीपौवा स्थित बर्तुङ–तानसेन सडकखण्ड छेउमा पार्किङ गरी राखिएको लु ५ त ११६७ नम्बरको निलो रङको ट्र्याक्टर हराएको थियो।

  उक्त ट्र्याक्टर हराएपछि धनी तानसेन नगरपालिका–७ कै ४८ वर्षीय सन्ते जिङले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।
प्रहरीको निरन्तर प्रयास र विशेष सूचनाका आधारमा ट्र्याक्टर चोरीमा संलग्न स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ बस्ने करिब ३४ वर्षीय सन्तोष परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

उनलाई तानसेन नगरपालिका–१४ पाल्पा–गुल्मी सिमानाबाट पक्राउ गरिएको हो।
पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो