Salime Malika Krishi Farm

Awareness Campaign

प्रदीप ज्ञवालीले दिए सागर ढकाललाई अग्रिम बधाई



प्रेम सुनार
३ दिन अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाललाई अग्रिम बधाई दिएका छन्।

गुल्मीका शालीन र निष्कलङ्क नेताको छवि बनाएका ज्ञवाली हालसम्मको मतगणनामा दोस्रो स्थानमा रहेका छन् र ढकालभन्दा फराकिलो मतान्तरले पछाडि छन्। ज्ञवालीले आफ्नो फेसबुकमार्फत यस्तो सन्देश लेखेका छन्:

“गुल्मी-१ को मतगणना उत्तरार्धतिर पुग्दैछ। विजयोन्मुख श्री सागर ढकाल र रास्वपालाई अग्रिम बधाई।

सिंचाई
Forest
Ad.

शान्तिपूर्ण र स्वच्छ रूपमा निर्वाचन सम्पन्न गराउनुहुने मुख्य निर्वाचन अधिकृत, प्रजिअलगायत सबै सुरक्षा निकाय र कर्मचारी मित्रहरूलाई धन्यवाद।

निर्वाचनमा अहोरात्र खट्नुहुने सबै कमरेडहरूप्रति अगाध माया र सम्मान। यस्तो परिणामको अपेक्षा थिएन। तर लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुन्छ। त्यसैले जनादेशप्रति सम्मान छ।

जिल्लाको विकास र जिल्लावासीहरूको सुखदुःखमा मलाई हमेशा साथमै पाउनुहुनेछ।

यी अप्ठ्यारा दिनहरू पनि बितेर जानेछन्। भवतु सब्ब मङ्गलम् !”

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →